म्यानचेस्टर युनाइटेडलाई धक्का

काठमाडौं, भदौ १४ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

प्रतियोगिताअन्र्तगत् आइतबार राति भएको खेलमा म्यानयु स्वान्सी सिटीसँग २–१ गोलले स्तब्ध भएको हो । खेलको ४८औं मिनेटमा हुँवा माटोले गोल गर्दै म्यानयुलाई अग्रता दिलाएका थिए । तर, ६१औं मिनेटमा आन्द्रे आयु र ६६औं मिनेटमा बाफेटिम्बी गोमेसले गोल गर्दै स्वान्सीलाई जिताए ।

हारसँगै ४ खेलबाट ७ अंक जोडेको म्यानयु अंक तालिकामा पाँचौ स्थानमा झरेको छ । समान खेलबाट ८ अंक जोडेको स्वान्सी चौथो स्थानमा उक्लिएको छ ।

आइतबार राति नै भएको अर्को खेलमा साउथह्याम्पटनले नर्विच सिटीमाथि ३–० को फराकिलो जित निकाल्यो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा