शंकास्पद अवस्थामा किशोरीको शव फेला

महोत्तरी, भदौ १४ । महोत्तरीको सुन्दरपुर गाविसमा सोमबार बिहान शंकास्पद अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

सुन्दरपुर–७ सिंहासनी टोल बस्ने रामबाबु यादवकी १५ वर्षीया छोरी सविता यादवको शव सोही ठाउँमा रहेको इनारमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि घरबाट हराएकी सविताको शव सोमबार बिहान स्थानीय इनारमा शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।

यादवको प्रेम प्रसंगका कारण घर–परिवारका सदस्यसँग शनिबार झै–झगडा भएको थियो भने सोही दिनदेखि उनी अचानक घरबाट हराएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयले यादवको हत्या वा आत्महत्या हुनसक्नेबारे अनुसन्धान सुरु गरिसकेको छ भने उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको छ । रासस

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना