सप्तरीमा माइक्रोबसमा आगजनी, रुपनीको अवस्था तनावग्रस्त

 

सप्तरी, भदौ १४ । सीमांकनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् ।

 

पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा यात्रुलाई गाडीबाट उतारेर आगजनी गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

 

आगजनीबाट माइक्रोबस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले रुपनीको अवस्था तनावग्रस्त रहेको बताइएको छ । मधेसी मोर्चाले सप्तरीमा विगत १७ दिनदेखि बन्द जारी राखेको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो