पेट्रोल प्रतिलिटर २५० रुपैयाँ !

महोत्तरी, भदौ १४ । अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

विगत १७ दिनदेखि मधेस बन्दका कारण जलेश्वरको सात वटा पेट्रोलपम्पमा पेट्रोल र डिजेल पाउन छाडिएको छ । त्यस्तै, जिल्लाको पिपरा, रामगोपालपुर, औरही, सुगा, सहोडवा, मनरा, सम्सी, गौशालासहितका ठाउँमा रहेको पेट्रोलपम्पमा पनि पेट्रोलियम पदार्थ नरहेको जनाइएको छ ।

जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएपछि मोटरसाइकल चढ्ने भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याउन बाध्य भएका छन् भने अधिकांशले कालो बजारीको मार सहँदै चर्को मूल्यमा पेट्रोल किन्न बाध्य भएका छन् ।

त्यस्तै, ढिलो गरी महोत्तरीमा वर्षा भएपछि अहिले किसानलाई धानखेती रोपाइँ गर्ने चटारो भएका बेला मधेस बन्द हुँदा खेत जोत्न ट्याक्टर चलाउन डिजेल पाउन मुस्किल भएकाले किसान थप समस्यामा परेका छन् ।

मधेस बन्दको कारण भएको पेट्रोलियम पदार्थको हाहाकार पछि जलेश्वरमा ससाना पसले तथा फुटपाथमा केही व्यक्तिले बन्दको मौका छोप्दै भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याएर व्यापकरुपमा कालोबजारी गरेका छन् ।

सदरमुकाम जलेश्वरमा अहिले पेट्रोल प्रतिलिटर २०० रुपैयाँका दरले पाइन्छ भने जिल्लाका विभिन्न गाउँमा पेट्रोल प्रतिलिटर २५० रुपैयाँसम्म पुगेको जिल्लावासी बताउँछन् ।

त्यस्तै, ट्याक्टरवालाले डिजेल अभावको कारण किसानको खेती जोत्न मानेका छैनन् जसले ढिलै गरी पानी परे पनि महोत्तरीमा रोपाइँ हुन नसक्ने भएको छ ।

यसरी जलेश्वरलगायत जिल्लाको अधिकांश भागमा भएको पेट्रोलियम पदार्थको चरम अभावप्रति स्थानीय प्रशासन र आन्दोलनकारी कसैले ध्यान नदिएको सर्वसाधारणको गुनासो रहेको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा