लिम्बूवानको बन्दले पूर्वका नौ जिल्ला ठप्प

झापा, भदौ १४ । संघीय लिम्बूवान पार्टीको आह्वानमा सोमबार गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ ।

पूर्वी नेपालको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, इलाम, फिदिम, भोजपुर लिम्बूवान राज्य हुनुपर्ने आन्दोलनकारीको माग रहेको छ ।

बन्दको कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधान चल्न सकेका छैनन् । बजार फाटफुट खुलेका छन् भने औद्योगिक प्रतिष्ठान, शैक्षिक संस्था बन्द छन् ।

बन्दको कारण कुनै पनि अप्रिय घटना नभए पनि प्रहरी सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)