बन्दले विराटनगरका होटल व्यवसायीलाई दुई अर्ब घाटा

मोरङ, भदौ १४ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण विराटनगरका होटल व्यवसायीलाई दुई अर्ब रुपैयाँ घाटा भएको छ ।

नेपाल होटल संघ (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार १७ दिनयता होटल सुनसान भएका छन् । बन्दका कारण यातायात नचल्दा पर्यटक नआएकाले पर्यटन व्यवसायीलाई घाटा लागेको हो । भारतीय पर्यटकको भरमा चल्ने विराटनगरका होटल यतिखेर सुनसान भएका छन् ।

भारतीय पर्यटककै कारण विराटनगरका होटल सधैँजसो खचाखच हुने गरेका थिए । विभिन्न सीमानाकाबाट दैनिक दुई हजार पर्यटक पूर्व आउने गरेकामा यतिखेर होटलमा पर्यटक शून्य रहेको पूर्वाञ्चल क्षेत्रीय होटल संघले जनाएको छ ।

पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष सुरेश भट्टराईले यातयातका साधन चल्न नपाउदा पर्यटन व्यवसाय पूरै सुनसान भएको बताए । विराटनगरमा ठूला र साना गरेर झन्डै १०० को हाराहारीमा होटल सञ्चालित छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी