अपहरणकारी रवि पक्राउ
ललितपुर, भदौ १४ । अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिने महालक्ष्मी नगरपालिका–१६ बस्ने रवि बेलडियालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।्
भारतको गुजरात घर भइ महालक्ष्मी नगरपालिका–१६ मा डेरा गरी बसेका बेलडियाले गुजरात घर भई कैलाली धनगढी नगरपालिका–७ बस्ने महेश पटेल र निजको काका वालु पटेलबाट नगद तीन लाख २० हजार रुपैयाँ असुलेका थिए ।
महेश पटेलको भारतीय लाइसेन्स नवीकरण गर्न भारतीय दूतावासबाट गरिदिने भनि अभियुक्त बेलडियाले काठमाडौँको गोगंबुमा बोलाएर अपहरण गरेका थिए । उनीहरुलाई गत चैत १३ देखि १५ गतेसम्म आफ्नै कोठामा बन्धक बनाएर फिरौती रकम लिएर छाडिएको थियो ।
अभियुक्त बेलडियालाई ललितपुर जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए । रासस