‘लङ्का’ र ‘झोला’ को सफलतापछि अब मालती ‘धुन’ तिर, भदौ २५ मा अल नेपाल रिलिज

 

काठमाडौं भदौ १२ । कृष्ण धरावासीको कथामा आधारित फिल्म ‘झोला’ को सफलतापछि निर्माता मालती शाहले अर्को फिल्म ‘धुन’ बनाएकी छिन् ।

यसअघि उनको लङ्का पनि सफल फिल्ममा दर्ज भएको थियो । शाहले निर्माण गरेको सती कुप्रथामा आधारित चलचित्र ‘झोला’ बाट श्रीलंकको कोलम्बोमा सम्पन्न ‘सार्क फिल्म फेष्टिभलमा २०१४’ मा नायिका गरिमा उत्कृष्ट नायिका बन्न सफल भएकी थिइन ।

धुनमा भने उनले सफल फिल्म ६ एकान ६ कि नायिका नीता ढुंगाना मूख्य भूमिकामा छिन् । फिल्ममा नायक मुकेश ढकाल, नायिका उमा गिरी, श्रेया दुलालको अभिनय रहेको छ । फिल्ममा नीताको जोडीको रुपमा नायक जीवन लुइँटेल रहेका छन् ।
सांगीतिक माया प्रेमको विषयवस्तुमा आधारित फिल्म हो, धुन । शाह भन्छिन्, ‘धुन म्यूजिकल लभ स्टोरी हो । यो अहिलेको नेपाली परिवेशमा आधारित छ । दर्शकहरुले चलचित्र अबधि भर भरपुर मनोरञ्जन लिनेछन् ।’

कृष्ण पौडेलले निर्देशन गरेको फिल्म धुनमा रमेश बुढाथोकी र सुरवीर पण्डितको अभिनय देख्न सकिनेछ । खलपात्रको रुपमा भने विकल्पजंग शाह छन् ।
निर्माता शाहले फिल्म हेरेर फिल्म क्षेत्रमा निरन्तर लाग्नका लागि फिल्म हेरेर प्रोत्साहन गर्न दर्शकहरुलाई आग्रह गरेकी छिन् । फिल्म आगामी भदौ २५ गते देशभरका फिल्म हलबाट एक साथ प्रसारण गर्ने तयारी भएको निर्माता शाहले गोर्खाली न्यूजलाई बताइन ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी