‘७ प्रदेशबाट बढ्नु हुँदैन, वर्षमान र जनार्दन शर्माको सहभागितामा टीकापुर घटनाको योजना’

काठमाडौं, भदौ १३ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अब ७ प्रदेशबाट माथि नजाने अडानमा रहनुपर्ने धारणा राखेका छन् ।

एमाले केन्द्रीय प्रचार विभागद्धारा आइतबार राजधानीमा आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सचिव भट्टराईले एमालेको भदौ ९ गतेको स्थायी कमिटीको बैठकले अब प्रदेशका संख्या बढाउन नहुनेमा जोड दिएको बताउँदै यसबीचमा उठेका असन्तुष्टिका सवाललाई सम्बोधन गर्न प्रस्तावित प्रदेशका जिल्लालाई यताउता गर्न सकिने बताए ।

उनले आवश्यक पर्दा मुस्लिम, थारु, मधेसी वा जनजातिका संवैधानिक आयोग बनाउने विषयमा एमाले सकारात्मक भएको जानकारी दिए ।

‘संविधान निर्माण गरेर मुलुकलाई छिटो निकास दिनुपर्छ भन्ने सवालमा पार्टी इतिहासमै पहिलोपटक बढी एकीकृत भएको छ’–उनले भने ।

सचिव भट्टराईले अमेरिकी र पश्चिमा शक्तिले ‘नेपालमा टेकेर भारत र चीनलाई हेर्ने काम गरिरहेकाले संविधान निर्माणमा उनीहरुको पनि आफ्नो चासो रहेको’ बताउँदै ‘नेपाललाई छिन्न–भिन्नसहितको राष्ट्र मण्डल होइन, एकीकृत नेपाल बनाउने संविधान आवश्यक’ भएको बताए ।

उनले एमाओवादीका नेता वर्षमान पुन र जनार्दन शर्मासहितको सहभागितामा टीकापुरको हिंसात्मक घटनाको योजना बनाइएको आरोप लगाए ।

यसले एमाओवादीलाई अनिश्चिततातर्फ र मुलुकलाई अराजकतामा धकेल्ने उनको विश्लेषण छ ।

कार्यक्रममा एमालेका प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीले जनवर्गीय संगठनलाई अधिकारका सवालमा लड्न रोक नलगाएको तर नियन्त्रण बाहिर नजान भनेको स्पष्ट पारे । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’