प्रियंकाले बिगारेर गाइन् बच्चु कैलाशको गीत ! (भिडियो)
काठमाडौं, भदौ १३ । नायिका प्रियंका कार्कीले विस्तारै आफूलाई गायिकाको रुपमा पनि प्रस्तुत गर्न थालेकी छन् । पछिल्लो पटक उनले सुमधुर गीत ‘तिमीले त होइन तिम्रा भाकाहरुले’मा आफ्नो आवाज दिएकी छन् ।
धेरै वर्षअघि चर्चित गायक बच्चु कैलाशले गाएको यो गीतमा नातिकाजीको संगीत रहेको छ भने क्षेत्रप्रताप अधिकारीको शब्दमा सजिएको छ ।
प्रियंकाले आफूले गाएको यस गीतको म्यूजिक भिडियो फेसबुक मार्फत् सार्वजनिक गर्दै लेखेकी छन्–‘बिस्तारै गायनतर्फ पनि आफ्नो कदमहरु बढाउँदै छु । यो एउटा प्रयास हो । आशा छ, यहाँहरुले मन पराइदिनु हुन्छ ।’
‘माया र हौसलाको हात यहाँहरुले मेरो शीरमा फेरि पनि राख्नु हुन्छ भन्ने अपेक्षा राखेकी छु’–उनले अगाडि लेखेकी छन् ।
प्रियंकाले यसो भनिरहँदा सामाजिक सन्जालमा भने उनीमाथि बच्चु कैलाशको गीतलाई बिगारेर गाएको आरोप लागेको छ ।
केही ट्वीटर प्रयोगकर्ताले उनले यस गीतमा राम्रो स्वर दिन नसकेको भनेर आलोचना गरेका हुन् ।
यद्यपि, उनको पक्षमा पनि थुप्रैले प्रतिक्रिया दिएका छन् ।
प्रियंकाले यसअघि पनि चलचित्र ‘आवरण’को एउटा गीतमा आवाज दिएकी थिइन् ।