बार्सिलोनाको कठीन जित, रियल बेटिसको पोस्टमा रियल मड्रिडको ५ गोल

काठमाडौं, भदौ १३ । स्पेनिस लिग ला लिगामा उपाधि दाबेदार बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गर्दा अर्को दाबेदार रियाल मड्रिडले पहिलो जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले मालागामाथि १–० को कठीन जित निकालेको हो । बार्साको जितमा भेर्मालेनले खेलको ७३औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो ।

शनिबार राति नै भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो । जारी लिगमा रियल मड्रिडको यो पहिलो जित हो ।

रियलको जितमा ग्यारेल बेल र थोमस रोड्रिगेजले समान दुई २ गोल गरे भने करिम बेन्जामले १ गोल गरे । रियल मड्रिड पहिलो खेलमा नवप्रवेशी गिजोनसँग बराबरीमा रोकिएको थियो ।

लिग तालिकाको शीर्ष स्थानमा सेल्टा भिगो रहेको छ । दुई खेलबाट ६ अंक जोडेको सेल्टा भिगोले समान खेलबाट समान ६ अंक नै जोडेको बार्सिलोनालाई गोलअन्तरमा पछि पार्दै शीर्ष स्थानमा रहेको हो । रियल मड्रिड ४ अंकसहित तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी