निर्माण हुन लागेको नौ वर्ष पुग्यो तर बिजुली बलेन

जाजरकोट, ११ भदौ । जिल्लाको अर्छानी गाविस– ९ तम्तीमा बिजुलीको आयोजना निर्माण सुरु भएको नौ वर्ष पुग्यो । 

गाउँमा बिजुली बल्ने आशामा अर्छानी गाविसका ३५५ घर परिवारले दिन गन्न थालेको नौ वर्ष बितेपनि अहिलेसम्म बिजुली बल्ले कुनै सुरसार छैन ।
उक्त गाविसमा निर्माण हुन लागेको ३५.५० किलोवाट क्षमताको तिलिङ्गे खोला लघुजलविद्युत् आयोजना बन्दै नबनी अलपत्र परेपछि स्थानीयलाई अब बन्छ भन्नेमा शङ्का लागेको छ ।
निर्माणको जिम्मा लिएका सरोकारवाला आर्थिक अभावले आयोजना बन्न नसकेको बताउँछन् । आयोजनाका अध्यक्ष रणबहादुर शाही भौगोलिक विकटता र आवश्यक बजेटको अभावमा आयोजना निर्माणमा समस्या परेको बताउनुहुन्छ ।
उहाँले स्थानीयले श्रमदान नगर्दा विद्युत् बल्न नसकेको बताउनुभयो । अर्छानीे गाविसका ७, ८ र ९ मा बिजुली बत्ती बाल्ने गरी आयोजना सुरु गरिएको तर आवश्यक स्रोत नजुट्दा समस्या परेको शाहीको भनाइ छ ।
विसं २०६३ बाट निर्माण कार्य सुरु गरिएको योजना बन्न नसकेपछि महँगा उपकरणजन्य सामग्री खोला र खेतको आलीमा खिया लागेर बिग्रने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।
आयोजनाको कुल लागत रु दुई करोड ६६ लाख रहेको छ । आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जाको रु एक करोड १० लाख ६२ हजार, जिल्ला विकास समितिको रु तीन लाख ७८ हजार र गाविसको रु दुई लाख २० हजार बजेट प्राप्त भइसकेको आयोजनाको उपभोक्ता समितिले जनाएको छ ।
रु एक करोड ७४ लाख सामान खरिदका लागि कम्पनीलाई दिएको रु आठ लाख ६५ हजार हेलिकप्टरबाट सामान ढुवानी गरेको र रु दुई लाख ४० हजार गाडीबाट सामान ढुवानी गरेको जानकारी समितिका अध्यक्ष शाहीले दिनुभयो ।
विभिन्न स्रोत र निकायबाट प्राप्त रकम सामग्री खरिद र ढुवानीमा सकिएपछि समस्या परेको उहाँको भनाइ छ । आयोजनाको काम लामो समयसम्म पूरा नहँुदा सामान विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहे पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।
आयोजनाका लागि रु ५० लाख अपुग रहेको भन्दै अध्यक्ष शाहीले जिविसको रु ३३ लाख र गाविसको रु २४ लाख अहिलेसम्म पाउन नसकिएको बताउनुभयो । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी