नेवार समुदायको ढल्की बाजा संरक्षण गर्दै युवा

चितवन, १२ भदौ । नेवार समुदायको परम्परागत ढल्की बाजा लोप हुँदै गएपछि यहाँका युवा संरक्षणमा जुटेका छन् । पछिल्लो समय भने चितवनमा बसोबास गर्ने नेवार समुदायका धेरैजसो संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरु संरक्षणमा जुटेका हुन् । अघिल्लो पुस्ताकाव्यक्तिबाट नयाँ पुस्ताले ग्रहण गर्न नसक्दा धेरै संस्कृति लोप हुने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । जसले गर्दा अहिले युवा आफ्नो संस्कृति जोगाउनमा लागिपरेका हुन् । लोप हुँदै गएको ढल्की भुच्चे बाजाको संरक्षणका लागि अहिले हरेक दिन साँझपख नारायणी किनारमा रहेको राममन्दिरमा युवा बाजा सिकिरहेको देख्न सकिन्छ । यसको संयोजन पासाः पुचः नारायणगढले गरिरहेको छ । ढल्की, भुच्चे बाजा प्रशिक्षण कार्यक्रम सुरु गरेपछि युवा अहिले बाजा बजाउन सिक्नमा व्यस्त देखिन्छन् ।

पासाः पुचः नारायणगढका संस्थापक संयोजक आश्विन श्रेष्ठले बाजा बजाउने मान्छे नहुँदा संस्कृति नै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि युवा सक्रिय बनेको बताउनुभयो ।

यो बाजा गाईजात्राको दिन बजाउने गरिन्छ । पितृलाई समर्पित बाजा भएकाले यसको प्रशिक्षण यही मेसोमा मिलाइएको छ । नागपञ्चमीको दिनदेखि सुरु भएको यो प्रशिक्षण गाईजात्राको अघिल्लो दिनसम्म चल्छ । त्यसपछि यो बाजा बजाउन मिल्दैन । जसले गर्दा चार वर्षअघिबाट प्रत्येक वर्ष नागपञ्चमीको दिनदेखि गाईजात्राको अघिल्लो दिनसम्म मात्रै यो बाजाको प्रशिक्षण गराउने गरिएको नारायणगढका युवा प्रशान्त पियाले बताउनुभयो ।

पुतली बजारका १३ वर्षीय सुलभ पिया अहिले निकै मन दिएर प्रशिक्षण कार्यमा सहभागी भइरहेको छ । बालकले भने “बुबाले घरमा बजाएको देख्दा मलाई पनि बजाउन मन लाग्यो, अहिले राम्ररी बजाउन सिक्दै छु ।” आफूले बाजा बजाउन सिकेर आफ्नो परम्परा जोगाउन लागि पर्ने उनले बताए ।

अहिले सो बाजा सिक्नका लागि १३ वर्षीय बालकदेखि ४० वर्षसम्मका व्यक्ति लागिपरेका छन् ।
प्रशिक्षक शेखरकुमार श्रेष्ठ र महेन्द्र श्रेष्ठले सो बाजाको प्रशिक्षण दिँदै आउनुभएको छ । प्रशिक्षण कार्यक्रमका संयोजक सिद्धार्थलाल चुकेले युवापुस्तालाई बाजा संरक्षणका लागि प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो ।
युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने उहाँ बताउनुहुन्छ ।
युवा पुस्तामा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको हो । आफ्नो परम्परागत संस्कृति र कलाप्रति युवाको मोह घट्दा यो लोप हुने अवस्थामा पुगेको छ । तीन सय ६५ दिनमा ३६६ पर्व हुने समुदायका रुपमा परिचित नेवार समुदायले समयमै संस्कृतिको जगेर्नामा नलागेमा लोप हुने

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

चियाबारीमा हो चियाबारीमा

बागलुङमा डुवेर युवतीको मृत्यु, एक महिला कालीगण्डकीमा बेपत्ता

पर्वतमा १८ बर्ष माथिका ३३ प्रतिशतले लगाए कोभिडको पहिलो खोप

कक्षा १२ को परीक्षा अन्योलमा

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास