सीमा सुरक्षा मजबुत पार्ने सहमति

इनरुवा, भदौ ११ । नेपाल र तथा भारतको सीमा सुरक्षा मजबुत पार्न दुई देशका अधिकारीबीच सहमति भएको छ ।

भारत बिहारको अररियामा आज सम्पन्न नेपाल र भारतका सुरक्षा प्रमुखको बैठकले आपसी समन्वयका आधारमा नेपाल भारत दुवै देशीय सीमामा सुरक्षा प्रबन्ध चुस्त पार्ने सहमति भएको सुनसरीका प्रजिअ रविलाल पन्थले जानकारी दिनुभयो ।

संयुक्त सुरक्षा बैठकमा नेपालमा संविधान निर्माणको प्रक्रिया जारी रहेको अवस्थामा तराईका विभिन्न भेगमा असन्तुष्ट पक्षले जारी राखेको आन्दोलनमा हुन सक्ने घुसपैठलाई ध्यानमा राखी संयुक्त सुरक्षा व्यवस्था मिलाउने बारेमा समेत छलफल भएको प्रजिअ पन्थले बताउनुभयो ।

नेपाल र भारतको भूमि प्रयोग गरी हुन सक्ने अन्य आपराधिक क्रियाकलाप, लागुऔषधको कारोबार, चोरी, तस्करी नियन्त्रणलगायत विषयमा समेत सहकार्य गरी अघि बढ्ने सहमति भएको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ