राष्ट्रपतिलाई माओवादीको ज्ञापनपत्र

काठमाडौँ, ११ भदौ । नेकपा–माओवादीले सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा उत्पन्न असन्तुष्टिलाई राजनीतिक तवरले सम्बोधन गर्नुको साटो सेना परिचालन गरेकामा आपत्ति प्रकट गर्दै राष्ट्रपति डा रामवरण यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

माओवादीका अध्यक्ष मोहन वैद्यसहितको टोलीले आज राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर संविधानको विषयमा प्रकट भएका जनताको भावनालाई राजनीतिक तवरबाटै समाधान गर्न आग्रह गरेको हो ।
ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका सचिव देवप्रसाद गुरुङले अन्तरिम संविधान, २०६३ अनुसार प्राकृतिक विपद्को समयमा बाहेक राष्ट्रमाथि गम्भीर सङ्कट परेको स्थितिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मात्रै सेना परिचालन गर्न पाउने भन्ने प्रावधान विपरीत भएकामा राष्ट्रपतिलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै राष्ट्रपति डा यादवले माओवादीले उठाएको विषयमा सरकारलाई ध्यानाकर्षण गराउने वचन दिनुभएको सचिव गुरुङले बताउनुभयो ।
माओवादीले सबै पक्षको सहमतिमा संविधान जारी गर्ने वातावरण बनाउन र राजनीतिक सङ्कटको समाधानका लागि सर्वपक्षीय राजनीतिक सम्मेलनको आयोजना गर्नसमेत आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा सहभागी हुन माओवादीलाई बिहीबार नै पत्र पठाइसक्नुभएको छ । माओवादीले पनि वार्तामा बस्ने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

सेवा प्रवाहमा ढिला सुस्ती नगर्न कार्यालय प्रमुखलाई स्वास्थ्य मन्त्री गिरीको निर्देशन

पर्वत अस्पतालमा थपियो डिजीटल एक्सरे सेवा -गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिबद्ध छ —स्वास्थ्यमन्त्री गिरी

संकटको डिलमा पुगेको अर्थतन्त्र माथि ल्याउन प्रयत्नरत छ- मन्त्री गिरी