आइतबारदेखि रुपन्देहीका शैक्षिक संस्था खुल्ने

लुम्बिनी (रुपन्देही),  भदौ, ११ ।। यस क्षेत्रमा साउन २८ गतेदेखि बन्द रहेका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् । आन्दोलनरत संयुक्त मधेसी मोर्चा तथा संयुक्त थरुहट सङ्घर्ष समितिले रुपन्देहीका शैक्षिक संस्था खुला गर्न आह्वान गरेपछि आइतबारदेखि रुपन्देहीका सम्पूर्ण विद्यालय खुल्ने भएका हुन् । समितिले आज एक विज्ञप्ति जारी गरी भदौ १३ गते आइतबारदेखि सबै शैक्षिक संस्था खुला गर्न आह्वान गर्दै सो क्रममा चल्ने शैक्षिक संस्थाका सवारीसाधनलाई समेत अवरोध नगर्ने जनाएको छ । संयुक्त मधेसी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव र थरुहट संयुक्त सङ्घर्ष समिति रुपन्देही, कपिलवस्तु र नवलपरासीका संयोजक देवीप्रसाद चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यसबीचमा सम्पूर्ण विद्यालयका सवारीसाधन आवागमन, अध्ययन अध्यापनमा आन्दोलनरत पक्षले कुनै अवरोध नगरी सहज आवतजावत गर्न सहयोग पुराउने र आम शैक्षिक प्रतिष्ठान सञ्चालक, अभिभावक, विद्यार्थी, शिक्षकमा जानकारी गराउँदै ढुक्क भएर विद्यालय सञ्चालन गर्न अनुरोध गर्दछौँ । विद्यालय बन्द रहँदा आन्दोलनमा विद्यार्थीको प्रयोगसमेत बढेको थियो । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको महाशिलामा कार्यपालिका सदस्यमा एमालेका उमेदवार निर्वीरोध निर्वाचित

पर्वत जिल्लाका केहि धार्मिक र पर्यटकिय स्थलहरु

पर्वतमा सरदर १० प्रतिशत मत आंशिक रूपमा बदर

पर्वतको जलजलाबाट बालिकालाई यौन दुर्व्यवहार गर्ने एकजना पक्राउ

आज २०७९ साल जेठ १३ गते शुक्रबारको राशिफल