म्यानमारमा बाढीबाट दश लाख विस्थापित

 

हिन्थादा (म्यानमार), भदौैं ११  । म्यानमारमा हालै आएको बाढीमा परी कम्तीमा पनि दश लाख नागरिक विस्थापित भएको समाचार छ । यस वर्षको मौसमी बाढीका कारण यहाँ ठूलो क्षति पुगेको छ ।

साथै सो बाढीमा परी कम्तीमा पनि एक सय जनाको मृत्यु भएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अरु कतिपय व्यक्ति हराइरहेका पनि समाचारमा जनाइएको छ ।
यस बाढीको प्रभाव राष्ट्रव्यापी रूपमा परेको र कम्तीमा पनि दश लाख व्यक्ति विस्थापित नै भएको बताइएको छ । बाढी प्रभावित इलाकाबाट लाखौं व्यक्ति प्रभावित भएका छन् ।
भीषण बाढीका कारण चार लाख ८६ हजार हेक्टर जमिन जलमग्न भएको र सोमध्ये चार लाख ३० हजार हेक्टर जमिन ध्वस्त भएको बताइएको छ ।
यस बाढीबाट ज्यान गुमाउनेहरूमा सबभन्दा बढी राखिन राज्यमा रहेका जनाइएको छ । त्यसैगरी मन्दालाय, साङगइ्ङग र सान राज्यका व्यक्तिहरूले पनि सो बाढीको प्रकोपबाट ज्यान गुमाएका छन ।
म्यानमारमा बाढीबाट बर्सेनि ठूलो सङ्ख्याका नागरिक घरबारबिहीन हुने गरेका छन् । भारी मौसमी वर्षाका कारण भारत, पाकिस्तान र भियतनाममा बाढी र पहिरोबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ । रासस÷एएफपी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी