आत्मघाती आक्रमणमा दुई इराकी जर्नेलको मृत्यु

बग्दाद,  भदौैं ११  । इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहद्वारा दाबी गरिएको एक आत्मघाती आक्रमणमा परी दुई इराकी जर्नेलको मृत्यु भएको समाचार छ । इराकको अन्बार प्रान्तमा सो घटना भएको जनाइएको छ । 

सन् २०१४ मा इराकको ठूलो क्षेत्र आईएस लडाकू समूहले अतिक्रमण गरेका थिए । त्यसैगरी रमादीको प्रान्तीय राजधानी अन्बार भने यसै वर्षको सुरुमा कब्जा गरेको थियो । 

आइएस लडाकू समूहले छिमेकी राष्ट्र सिरियाको ठूलो भाग पनि आईएसले नियन्त्रणमा लिएको छ । सिरियामा रक्तपातपूर्ण गृहयुद्ध बढ्दै गएको अवस्था रहेको छ ।
सैनिक प्रवक्ता जर्नेल यहया रसोलले रमादीको उत्तरी भागमा रहेको अल जरैसीमा आत्मघाती आक्रमणकारी सो विस्फोट गराएको पुष्टि गरेका छन् ।
सो आक्रमणमा परी मेजर जर्नेल अब्दुलरहमान अबु राघिफ र जर्नेल सफिल अब्दुलमाजीद मारिएका रसौलले बताएका छन् ।
आईएस आतङ्ककारी समूहले एक अनलाइनमार्फत विज्ञप्ति प्रकाशित गरी यस आक्रमणका दावी गरेका बताइएको छ । रासस ÷एएफपी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पोखरा—बाग्लुङ राजमार्गको याम्दीमा यातायात बन्द गरेर काम गरिने, यी हुन सवारी चलाउने बैकल्पिक रुट

जलजलाका विद्यालयमा स्वास्थ्यकर्मीले पनि कक्षा शिक्षण गर्ने

नर्सलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने चेतावनी

पोखरामा अर्को अात्मदाह प्रयास, बचाउन गएकी महिला घाइते ईते

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज