‘एक विद्यार्थी एक बिरुवा’

चन्द्रपुर (रौतहट), ११ भदौ । जिल्लाको एक निजी विद्यालयले अनिवार्य रुपमा एक बिरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको साथी शिक्षा सहकारी संस्थाद्वारा सञ्चालित बाल निकेतन विद्यालयले ‘एक विद्यार्थी एक बिरुवा’ अभियान सञ्चालन गरेको हो । विद्यालयमा अध्ययनरत आठ सय विद्यार्थीले अनिवार्य रुपमा एउटा बिरुवा रोपेर संरक्षण गर्नुपर्ने र बिरुवा संरक्षण गरेबापत अतिरिक्त क्रियाकलापअन्तर्गतको परीक्षामा नम्बर थप गर्ने विद्यालयका प्राचार्य धुव्र सिग्देलले बताउनुभयो ।
विद्यार्थीले रोप्न चाहेको बिरुवा विद्यालयले निःशुल्क उपलब्ध गराउँदै आएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ । विद्यार्थी तथा सम्पूर्ण शिक्षकले विद्यालय परिसर तथा आ–आफ्नो घर तथा जमिनमा बिरुवा रोप्ने अभियान थालेको जानकारी विद्यालयका निर्देशक दीपक रेग्मीले दिनुभयो ।रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा