काँग्रेस–एमालेमा सत्ता साझेदारीमा खटपट शुरु, वार्ता गर्न पाँच सदस्यीय कार्यदल

काठमाडौं भदौ १० । सत्ता साझेदार नेकपा एमाले र काँग्रेसबीच राजनीतिक नियुक्तिको विषयमा खटपट शुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा विहीबार बसेको स्थायी कमिटी बैठकले काँग्रेससँग विषयमा छलफल गर्न स्थायी कमिटी सदस्य माधवकुमार नेपालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । समितिमा उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल र सचिव भीम आचार्य रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
मूख्य सचिव, पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक र चार विश्वविद्यालयमा उपकूलपति नियुक्त गर्दा काँग्रेसले एकलौटी निर्णय गरेको एमाले आरोप छ । यी वाहेकका राजनीतिक नियुक्तिमा पनि साझेदारसँग परामर्श नगरेर संयुक्त सरकारको आचारसंहिता र सहकार्यको संस्कृति अनुरूप नरहेको एमाले ठहर छ ।
त्यसैगरी एमालेले संविधान निर्माणमा विभिन्न पक्षहरूबाट आएका गुनासो, असन्तुष्टि र मागलाई स्वाभाविक भएको ठहर गर्दै मागलाई संविधान निर्माणको क्रममा सम्बोधन गर्न अधिकतम् प्रयास गर्ने निष्कर्ष निकालेको छ ।
बैठकले आन्दोलनरत पक्षलाई वार्ताबाट समस्या समाधानका लागि आव्हान गरेको छ । त्यसैगरी शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीहरूले गरेको प्रयासप्रति सराहना व्यक्त गर्दै अझ दृढ भएर कत्र्तव्य पालनाका लागि आह्वान गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना