८ प्रदेश नभए संविधानसभाबाट बाहिरिन्छु : गच्छदार, संविधानसभा चार दलको भारदारीसभा : कमल थापा

काठमाडौं, भदौ ९ । संविधानसभाको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा चार दलको भारदारीसभा भएको आरोप लगाएका छन् ।

बुधवारदेखि शुरु भएको संविधानको मस्यौदा विधेयकमाथिको छलफलमा भाग लिंदै अध्यक्ष थापाले भने ‘चार दलका शीर्ष नेताहरुले संविधानसभालाई राणाकालिन भारदारी बनाउन खोजेका छन् ।’ उनले मस्यौदा समितिका सभापति कृष्ण सिटौलालाई राणाकालीन फर्मान सुनाउने रहरबाट मुक्त हुन आग्रह गरे । थापाले पटक पटक भारदरी सभा भनेपछि एमाले सभासद कर्णबहादुर थापाले नियमापत्ति गरेका थिए ।

छलफलमा सहभागीहुँदै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भने आठ प्रदेशले मात्र थारु, मधेसी र जनजातिलाई सम्बोधन गर्न सक्ने दावी गर्दै भने ‘सात प्रदेशले पहाडलाई सम्बोधन गरेको छ तर मधेसी र थारु समुदायको आवाजलाई सम्बोधन गर्न सकेन ।’

‘म अन्तिम समयसम्म प्रक्रिया छु । तर, आदिवासी जनजाति, थारु र मधेसीको चित्तबुझ्दो भएन भने मेरो पार्टी र म यो प्रक्रियाबाट बाहिर जान्छु’, गच्छदारले चेतावनी दिए ।

गच्छदारले कैलालीको टीकापुरमा भएको घटनालाई कसैले राम्रो नमान्ने बताए । तर अहिले थारुहरुको घर जलाइएको भन्दै उनले भने(यस्तो हिंसात्मक प्रवृत्तिलाई रोक्नुपर्छ । तर, राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा नै खोज्नुपर्छ ।’

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी