टीकापुर घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति, मृतक सुरक्षाकर्मीको एक तह पदोन्नती

काठमाडौँ,  भदौ ९ । सरकारले टिकापुर घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले गठन गरेको समितिको सदस्यमा अतिरिक्त प्रहरी महानिरीक्षकद्वय प्रतापसिंह थापा र जीवन थापा, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र सहसचिव विनोद केसी छन् ।

त्यसैगरी सरकारले टीकापुरमा भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय गरेको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानले कर्तव्य पालनाका क्रममा देखाएको दृढता र अनुशासन सबैका लागि अनुकरणीय र अत्यन्त सम्मानयोग्य भएका कारण कायम रहेकोभन्दा एक तह बढुवा सम्मानार्थ गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

टीकापुर घटना आपराधिक, अमानवीय र निन्दनीय भएको जनाउँदै सरकारले त्यसको भत्र्सना गरेको छ ।  सरकारले संवेदनशील समयमा सम्प्रेषित समाचार थप सत्यतथ्यमा आधारित हुन सबै सञ्चारगृहलाई आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतमा माओबादी केन्दले जित्यो दुई उपाध्यक्ष र वडा अध्यक्ष, जिल्ला संयोजक वडा सदस्य मै पराजित

४३ वडाको मतपरिणाम सार्वजनिक, २६ वडामा एमाले, १६ वडामा कांग्रेस विजयी

पर्वतको जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

पैयूमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमाले विजयी

महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी