स्याङ्जाका नौ सामुदायिक विद्यालय गाभिए, एकको तह घट्यो

वालिङ, ९ भदौ । चालु शैक्षिकसत्रको हालसम्म स्याङ्जाका नौवटा सामुदायिक विद्यालय गाभिएका छन् भने एक विद्यालयको तह घटाइएको छ ।

निमित्त जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाका अनुसार जनता प्राथमिक विद्यालय आरुचौर, चिलाउनेडाँडा प्रावि चिन्नेबास, बोगटीडाँडा प्रावि वालिङ, प्रजातान्त्रिक प्रावि फापरथुम, कालिका भैरब प्रावि पुतलीबजार ४, बाराही प्रावि ठूलाडिही, चन्द्रज्योति प्रावि ठूलाडिही, शिवशक्ति प्रावि मालुङ्गा र विपी स्मृति प्रावि पकवादी गाभिएका हुन् ।

त्यस्तैगरी कक्षा १ देखि ५ सम्म अध्यापन हुने गरेको विद्याज्योति प्रावि पौवेगौडेको तह घटाएर एक–तीनमा झारिएको छ । विद्यार्थी सङ्ख्या न्यून हुनु, भौगोलिक विकटताजस्ता कारणले विद्यालय गाभिएका जिल्ला शिक्षा कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जामा हाल सामुदायिकतर्फ तीन सय ३५ प्रावि, निमावि ५५, माध्यमिक विद्यालय ५२ गरी पाँच सय १८ वटा सामुदायिक विद्यालय रहेका छन् ।

त्यस्तैगरी संस्थागततर्फ प्रावि ३०, निमावि १५ र मावि ३२ वटा रहेका छन् भने सामुदायिकतर्फ उच्च मावि ७६ र संस्थागततर्फ १० वटा रहेका छन् । त्यसैगरी स्याङ्जामा गुरुकूल ६ र मदरसा नौ, खुल्ला विद्यालय एक, प्राविधिक शिक्षा विशेष विद्यालय एक, प्राविधिक तथा व्यावसायिक धार सञ्चालन दुई, प्राविधिक शिक्षालय एक, विशेष शिक्षा सञ्चालन कक्षा ७ रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

स्याङ्जामा गत शैक्षिक वर्षमा २० वटा सामुदायिक विद्यालय गाभिएको थियो ।रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा