एमाले सभासद्लाई केपी ओलीको आदेश
काठमाडौं, भदौ ८ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले नयाँ संविधानमाथि हुने छलफलमा पार्टी नीति विपरित धारणा नराख्न सभासद्हरुलाई कडा आदेश दिएका छन् ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलवार संसदीय दलको बैठक डाकेर अध्यक्ष केपी ओलीले संविधानसभामा कुनै धारणा राख्नुपर्ने नै पर्ने भए प्रमुख सचेतकलाई सम्पर्क गर्न पनि निर्देशन दिएका हुन् ।
‘संविधानसभामा पार्टीको व्हीप लाग्दैन । पार्टी सदस्यहरुलाई यो मेरो पार्टी अध्यक्षको हैसियतले आदेश हो’ उनले भने–‘पार्टीको दृष्टिकोण, आधिकारिक धारणा, आदेश र निर्णय विपरित केही नबोल्नुहोला ।’