शुक्रराज अस्पताल टेकूमा हैजाका बिरामी वृद्धि

काठमाडौँ, ८ भदौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूले वर्षायामको समयमा अहिले हैजाको सङ्क्रमण बढेको जनाएको छ । अस्पतालका अनुसार साउन दोस्रो सातापछि अहिलेसम्म ६० जनाले हैजाको उपचार गराएका छन् । पानीको सङ्क्रमण तथा दूषित खानेकुराको सेवनले हैजाका बिरामी बढेका छन् । काठमाडौँका कुलेश्वर, टेकु, कालिमाटी, कलङ्की तथा ललितपुरको सानेपालगायत स्थानका मानिसमा सो रोगको सङ्क्रमण पाइएको हो । कतिपय बिरामी उपचार गराएर घर फर्किसकेका छन् भने केही अस्पतालमा भर्ना भई उपचारमा छन् । अस्पतालका अनुसार अघिल्लो वर्ष यस समयमा ४० जनाले हैजाको उपचार गराएका थिए । हैजालगायत अन्य सरुवा रोगको पनि सङ्क्रमण हुनसक्ने हुँदा सर्वसाधारणलाई सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ । रोगको सङ्क्रमण हुनेमा अधिकांश युवावर्ग छन् भने अस्पतालमा उपचार गराउने बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या भने कम छ । 

अस्पतालका प्रमुख केदारप्रसाद सेञ्चुरीले दिसापिसाबबाट सरुवा रोगका कीटाणु फैलन सक्ने हुँदा फोहर नजिक रहेका विभिन्न खानेकुरा नखान आग्रह गर्नुभयो उहाँले घरवरपर सरसफाइमा विशेष ध्यान दिनुपर्ने तथा साबुनले हात धुने, पानी उमालेर पिउने र ताजा खानेकुरा खाएमा सरुवा रोगबाट बच्न सकिने बताउनुभयो । विशेष गरी भिविरियो कलेरा नामक जीवाणुबाट हैजाको सङ्क्रमण हुने गर्छ । त्यस्तै, अस्पतालबाट टाइफाइड, एचआइभी एड्स, कुकुरले टोकेका, कालाजार, भृङ्गीजस्ता रोगको समेत बिरामीले उपचार गराएका छन् । रासस 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा