कृषकले दूध सडकमा पोखे

बनेपा, ७ भदौ । काभ्रेपलाञ्चोकको विभिन्न गाविसबाट सङ्कलन गरेको दूध कृषकले आज बनेपाको स्थानीय चारदोबाटोमा पोखेका छन् । 

नेपाल बन्दका कारण दूधको बिक्री वितरण नभएको र दूध विकास संस्थान (डिडिसी) ले समेत दूध खरिद नगरेकाले कृषकले साङ्केतिक रुपमा विरोधस्वरुप करिब १२० लिटर दूध सडकमा पोखेका हुन् ।
जिल्लाको कुशादेवी, पात्लेखेत, महादेवस्थानलगातयका क्षेत्रबाट आएका झन्डै १०० कृषकले आफूहरुले उत्पादन गरेको दूधको कुनै मूल्य नभएको भन्दै बाटोमा पोखेका थिए । “अझै केही दिन पर्खन्छौँ त्यसबाट पनि समस्या समाधान नभए डिडिसीमा नै लगेरे दूध पोख्छाँै” पात्लेखेत गाविसका अगुवा कृषक वासुदेव उपाध्यायले भन्नुभयो ।
जिल्लामा भूकम्पअघि दैनिक चार लाख लिटर दूध उत्पादन हुने गरेको र उत्पादित दूधमध्ये दुई लाख १० हजार लिटर दूध काठमाडौँ निर्यात भई त्यसबाट जिल्लामा झन्डै दैनिक रु एक करोड ५० लाख भित्रिने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कृषकले दुई दिनको बन्दबाट मात्रै जिल्लामा करिब रु ५० लाख बराबरको क्षति भएको बताएका छन् । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा