साफ च्याम्पियनसिपः नेपाल समूह विजेताका साथ सेमिफाइनलमा

काठमाडौँ, ७ भदौ । पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल आज बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरको खेल मैदानमा भएको सो प्रतियोगितामा नेपाल बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको पहिलो हाफको ११ औँ मिनेटमा रोहित सरकारले बङ्गलादेशका लागि गोल गरे ।
त्यस्तै खेलको १८ औँ मिनेटमा नेपालका अञ्जान विष्टले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
निर्धारित समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्ततः नेपाललाई जित दिलाउन बङ्गलादेशका खेलाडीले नै सहयोग गरे । बङ्गलादेशका टुटुल बदशाहले खेलको दोस्रो हाफको इन्जुरी समयमा आत्मघाती गोल गरिदिएपछि नेपालको जित सुनिश्चित हुन पुग्यो ।
नेपाल जारी प्रतियोगितामा शीर्ष छ अङ्क जोड्दै समूह ए को समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै बङ्गलादेश तीन अङ्कका साथ उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो । नेपालले पहिलो खेलमा भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको तथा बङ्गलादेशले भुटानलाई २–० ले गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तीन अङ्क जोडेको थियो । मङ्गलबार समूह ‘बी’अन्तर्गत अपराह्न ३ः३० बजे माल्दिभ्सले भारतको सामना गर्नेछ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’