आतंककारीले कैलाली घटना गराए : अध्यक्ष ओली


काठमाडौं, भदौ ७ । एमाले अध्यक्ष केपी ओलीले कैलाली घटना थारुले नभइ आतंककारी गराएको बताएका छन् ।

प्रेस चौतारीले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले थारुहरुले

आतंककारी गतिविधि गर्नै नसक्ने जिकिर गर्दै राजनीतिका नाममा आतंककारी गतिविधि भएको दाबी गरे । उनले भने, ‘जाति, भाषा, धर्ममा मागहरु वार्ताबाट समाधान हुन्छन् । निहत्था प्रहरीमाथि आधुनिक हतियारले आक्रमण गर्ने आतंककारी हुन् ।’ उनले सरकारलाई आतंककारीलाई नियन्त्रण गर्न र मृतकलाई क्षतिपूर्ति दिन आग्रह गरे ।
सोही कार्यक्रममा एमाले बरिष्ठ नेता झलनाथ खनालले पनि संविधान जारी गर्न नदिन कैलालीमा विध्वंशकारी र आतंककारीहरुले सुरक्षाकर्मीमाथि आक्रमण गरेको जिकिर गरे । खनालले भने, ‘संविधान जारी हुन नदिन आतंककारीहरु क्रियाशील छन् । हामी कुनै पनि हालतमा संविधान जारी गरी उनीहरुको प्रयास असफल पार्छौ ।’ एमालेले कैलाली घटनाको भत्सना गर्दै जनतको सुरक्षा व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना