टीकापुर झडपमा परी वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेसहित उन्नाइसको मृत्यु

धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । 

आज दिउँसो भएको झडपमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेको मृत्यु भएको हो । मृत्यु हुने अन्यमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा छन् । यसैगरी, दुईजना प्रहरी जवानको समेत झडपमा परी मृत्यु भएको बताइएको छ ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीतर्फ ११ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीतर्फ र प्रदर्शनकारीतर्फ मृत्यु हुनेको नाम खुल्न सकेको छैन । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना