‘माटोको सहर’ लोमान्थाङमा बृहत् सफाइ

मुस्ताङ, भदौ ७। ‘माटोको सहर’ भनेर परिचित लोमान्थाङ उपत्यकामा बृहत् सरसफाइ गरिएको छ । 

उपत्यकाभित्र अवस्थित बस्ती वरपर प्रदूषण बढ्दै गएपछि सीमा प्रशासन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप), स्थानीय आमा समूह, नेपाली सेनालगायतको पहलमा आइतबार बृहत् सरसफाइ गरिएको हो । सरसफाइ अभियानमा करिब १५० जनाको सहभागिता रहेको थियो ।
सरसफाइका क्रममा स्थानीय बजारबाट सङ्कलन भएको फोहरलाई जलाउनुका साथै ‘ल्यान्डफिल्ड साइड’ मा लगेर जलाइएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । फरक भू–बनोट, माटोले निर्मित घर तथा आवास गृहका कारण लोमान्थाङलाई माटो सहरका रुपमा चिनिन्छ । लोमान्थाङमा रहेको पूर्व राजपरिवारको दरबार र उपत्यकाको सबै घर, आँगन र सार्वजनिक स्थानमा पनि सरसफाइ गरिएको छ ।
स्थानीयलाई नियमित सरसफाइ गर्न प्रेरित गर्ने उद्देश्यले सफाइ गरिएको सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकालले बताए । लोमान्थाङ एकै गाउँमा रहेको गाविस पनि हो । “यहाँ बसोबास पनि धेरै छ र जनघनत्व पनि त्यहीअनुसारको छ”, ढकालले भने, “त्यसैले, फोहर बढ्ने हुँदा त्यसलाई नियमित रुपमा व्यवस्थापन गर्नुपर्छ ।” रासस

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ