भूकम्पले चर्केको जमिन पहिरोे जाँदा गाउँ नै जोखिममा

काठमाडौँ,भदौ ७ । रसुवा जिल्लाको धैबुङ–७ मा भूकम्पले चर्केको जमिन आइतबार साँझ अविरल वर्षाका कारण पहिरो जाँदा पूरै गाउँ नै जोखिममा परेको छ । 

निरन्तर वर्षाले घुम्ती बजारको माथिको ढिस्को र ठूलो ढुङ्गा खस्न गई ठूलो पहिरोका रुपमा परिणत भएको छ । ढुङ्गाले बिजुलीको पोल पनि भाँचेको छ । पहिरोका कारण मानवीय क्षति केही नभए पनि निरन्तर रुपमा पहिरो गइरहेकाले तलको करिब १०० घर गाउँ उच्च जोखिममा पर्नुका साथै पासाङ ल्हामु राजमार्गसमेत अवरुद्ध भएको छ ।
भूकम्पले जमिन फाटेको स्थानमा निरन्तर पानी छिर्दा पहिरोको जोखिम बढिरहेको स्थानीय कृष्ण लामिछानेले बताउनुभयो । पहिरोले गर्दा पानीको मुहानसमेत सुकेकाले खानेपानीको समेत समस्या भएको छ ।
जनैपूर्णिमाको अवसर पारेर गोसाइँकुण्ड जाने भक्तजनका लागि पनि पहिरोले बाटो बन्द भएकाले गाडी जान नपाउने भएकाले असुविधा भएको गोसाइँकुण्ड मेलामा जाने भक्तजनले बताए । पहिरो निरन्तर बगिरहेकाले स्थानीय बासिन्दा घरमा बस्न नसक्ने भएका छन्, भने पहिरोले जोखिमरुप लिएको छ । गाउँलेले अब सुरक्षित स्थान खोज्नुपर्ने बाध्यता भएको छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’