गोरखा दरबारको मर्मत सकियो, भक्तजनका लागि खुल्ला

गोरखाबजार,  भदौ ७ । विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ । 

सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक लगाएको थियो । भूकम्पले भत्काएको गोरखनाथ मन्दिर, कालिकाको मन्दिर, गोरखा दरबार, पर्खाल मर्मत गरेपछि नियमित पूजाका लागि खुल्ला गरिएको दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिए ।

“पुरातत्व विभागले पठाएको रु २५ लाखले पहिलो चरणको मर्मत गरियो” भट्टराईले भने, “गोरखकाली मन्दिरमा बलि पूजा र गोरखनाथ मन्दिरमा पूजाआजाका लागि खुल्ला गरिएको हो ।” भूकम्पले गोरखा दरबारको झिँगटी, पर्खाल, टुँडाल, गोरखनाथ गुफा मन्दिरका साथै रोट पोल्ने ठाउँ, पशुपति, गुहृेश्वरीको मन्दिरमा क्षति पुगेको थियो ।

“दरबार क्षेत्र मर्मतका लागि करोडौँ बजेट आवश्यक पर्छ” भट्टराईले  भने, “गोरखा दरबारको आँगन करिब तीन इन्च तल धसिएको छ ।” दरबार क्षेत्रभित्र रहेको चौघेरा मन्दिरको मर्मत गरिएको छैन । साथै चौघेरा दरबार नजिकै रहेको गणेशको मन्दिर पनि पुनःनिर्माण गर्न बाँकी रहेको भट्टराईले बताए ।

कालीकाको मन्दिरमा दिनहुँ ३०० भन्दा बढी भक्तजन पूजाआजाका लागि आउने गर्छन् । प्रत्येक अष्टमीमा भक्तजनको भीड लाग्ने गोरखकाली मन्दिरमा केही वर्षअघिदेखि दिनहुँजसो बलि पूजा हुन्छ । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी