राजधानीबाट १८ जना बन्दकर्ता पक्राउ, बन्दको प्रभाव सामान्य

फाइल फोटो

काठमाडौँ, भदौ ६ । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्द गराउँदै हिँडेका महासंघका १८ कार्यकर्ता आइतबार बिहान पक्राउ परेका छन् ।

बालाजु चोकबाट १५, चाबहिल चोकबाट एक र ताल्सिखेल ललितपुरबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पहिचानका आधारमा प्रदेशको सीमांकन गर्नुपर्ने, आदिवासी जनजाति आयोग गठन गर्नुपर्ने लगायत माग राखी बन्द आह्वान गरिएको हो ।

बन्दको सामान्य प्रभाव

विभिन्न राजनीतिक दलले संयुक्त रुपमा आइतबार आयोजना गरेको नेपाल बन्दका कारण काठमाडौँ उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सवारी साधन सडकमा कम गुडेका छन् भने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सञ्चालनमा छन् ।

उपत्यकाबाट लामो दूरीका लागि छुट्ने भाडाका सवारीसाधन सञ्चालन हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर उपत्यकाका भित्रने सवारीसाधनमा समेत कमी आएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’