जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न ५५ हजार हस्ताक्षर

काठमाडौं, भदौ ५  । जानकी मन्दिरलाई विश्वसम्पदा स्थलका रुपमा सूचीकृत गराउन पचपन्न हजार हस्ताक्षर सङ्कलन गरिएको छ ।

मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर सङ्कलन सुरु गरिएको थियो ।
अभियानका तर्फबाट राजकुमार महतोले हस्ताक्षरित कागजात विभागका महानिर्देशक भेषनारायण दाहाललाई शुक्रबार हस्तान्तरण गर्नुभएको थियो ।
विभागले युनेस्कोको विश्व सम्पदा सूची केन्द्रको कार्यविधिअनुरुप जानकी मन्दिरलाई विश्वसम्पदास्थलका रुपमा सूचीकृत गराउन मनोनयन कागज तयार पारी युनेस्कोको विश्व सम्पदा सूची केन्द्रमा पेस गर्न गृहकार्य गर्ने विभागका महानिर्देशक दाहालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अठारौं शताब्दीमा संस्कृति, वास्तुकला, इतिहास र अध्यात्मको अदितीय सङ्गमका रुपमा जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई विश्व सम्पदा स्थलका रुपमा सूचीकृत गराउन गत वर्ष असोज १५ गतेदेखि जानकी मन्दिर परिसरबाट भोर, अभियानी तथा अनुसन्धानमूलक परोपकारी संस्थाको नेतृत्वमा हस्ताक्षर अभियान सुरुवात भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना