प्रधानमन्त्री विक्रमासिंघेलाई सिङ्गापुरको बधाई

सिङ्गापुर, भदौ ४ । सिङ्गापुरका प्रधानमन्त्री लि सिङ लुङले एक सन्देश पठाई श्रीलङ्काका युनाइटेड नेसनल फ्रन्ट (यूएनएफ) का नेता रनिल विक्रमासिंघे श्रीलङ्काका नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको च्यानल न्युज एसियाले शुक्रबार बताएको छ ।

सिङ्गापुरका प्रधानमन्त्री लिले श्रीलङ्काली विक्रमासिंघेलाई आफ्नो सन्देशमा श्रीलङ्काली प्रधानमन्त्री सिंघेको नयाँ कार्यकाल समृद्ध श्रीलङ्का बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको उक्त च्यानलले जनाएको छ ।

श्रीलङ्काली जनताले विक्रमासिंघेलाई प्रधानमन्त्रीका रूपमा निर्वाचित गर्नुले श्रीलङ्काका जनता शान्ति, प्रजातन्त्र र समृद्ध श्रीलङ्काको पक्षमा उभिएको पुष्टि भएको प्रधानमन्त्री लिले बताउनुभयो ।

त्यस्तै, सिङ्गापुरका पूर्व मन्त्री घो चोक तोङले पनि एक पत्र लेख्दै श्रीलङ्काली जनताको नयाँ सङ्कल्प राष्ट्रको पुनःनिर्माण तथा मेलमिलाप प्रयासका लागि कोशेढुङ्गा साबित हुने बताउनुभएको छ ।

श्रीलङ्काको यूएनएफका नेता रनिल विक्रमासिंघे श्रीलङ्काको नयाँ प्रधानमन्त्रीका रूपमा शुक्रबार राष्ट्रका नाममा सपथ लिनुभएको हो । यससँगै उहाँ श्रीलङ्काका प्रधानमन्त्रीको रूपमा चौँथो पटक निर्वाचित हुनुभएको हो । रासस/सिन्ह्वा

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना