बिरामीलाई डोको र पिठ्यूँमा बोकेर स्वास्थ्य चौकी

कञ्चनपुर, ५ भदौ । कञ्चनपुर डडेल्धुराको सीमा क्षेत्रमा पर्ने जोगबुढा नगरपालिका–११ पलगढीका बासिन्दाले स्वास्थ्य सेवा लिनका लागि आठ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । बिरामीलाई डोको र पिठ्यूँमा बोकेर यहाँका बासिन्दाले उपचारका लागि स्वास्थ्य चौकी पु¥याउने गरेका छन् । 

गाउँमा सडक नपुग्दा र स्वास्थ्य चौकी नहुँदा उपचारका लागि सास्ती खेप्दै आएको स्थानीय मोहनबहादुर ऐरले बताउनुभयो । टाढाको स्वास्थ्य चौकीमा बिरामीलाई पु¥याउन नसक्दा कयौँको बाटोमै ज्यान जाने गरेको छ उहाँले भन्नुभयो, “जोगबुढामा रहेको स्वास्थ्य चौकी पुग्नका लागि आठ घन्टा लाग्ने र तराईको झलारी पुग्नका लागि छ घन्टा लाग्ने गरेकाले बिरामीले उपचार नपाएरै ज्यान फाल्नु पर्ने अवस्था छ ।”

गाउँमै स्वास्थ्य चौकी स्थापनाका लागि नगरपालिकादेखि मन्त्रालयसम्म पुग्दासमेत समस्या समाधान हुन नसकेको स्थानीयको भनाइ रहेको छ ।

“नगरपालिका घोषणा गरिए पनि सडक, खानेपानी, विद्युत् र स्वास्थ्य चौकी नहुँदा आधारभूत सेवा सुविधाविहीन अवस्थामा बस्दै आएका छौँ”ं स्थानीय ईश्वर नेपालीले भन्नुभयो । विसं १९१५ देखि त्यस क्षेत्रमा ६० बढी परिवार बस्दै आएका छन् । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना