बर्दियामा बाढीको खतरा, घर भत्किएर एकको मृत्यु

बर्दिया, ४ भदौ । बबई नदीमा पानीको सतह बढेपछि बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

बबईको पानीको सतह मापन केन्द्र चेपाङमा राति ३ बजेदेखि पानीको सतह बढेर ५.७० मि पुगेकाले नदी आसपासका सबै जनतालाई सतर्कता अपनाउन माइकिङ र स्थानीय रेडियोमार्फत अनुरोध गरिएको हो ।

बबईको पानी मापनकेन्द्र चेपाङमा पानीको सतह ५.५० सतर्कताको स्तर र ६.१० मि खतराको स्तर हो ।
आज अपराह्नसम्म चेपाङमा पानीको सतह घट्दै गएको छ । पानीको सतह घट्दै गए पनि बिहानको पानीको प्रभाव दिउँसोसम्म पर्ने भएकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

गए राति परेको अविरल वर्षात्का कारण घर भत्किएर बासगढी नगरपालिका वडा नं ११ माछागढका ६० वर्षीय दुर्जन थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रशासनको अनुरोध र पानीको सतह बढ्दै गएपछि बिहानै नदी आसपासका स्थानीयवासी सुरक्षित ठाउँमा सर्न थालेका छन् । बबई आपसपासका बगनाह, बनियाभार, पदनाह, धधबार र गुलरियाका जनतालाई बिहानैदेखि सतर्कता अपनाउन अनुरोध गरिएको र बाढीको सम्भावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ एवम् दैवीप्रकोप उद्धार समितिका संयोजक विनोदबहादुर कुँवरले बताउनुभयो । रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’