भारतसँग खेल्न छानियो नेपाली फुटबल टोली

काडमाडौं, साउन ३०,
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ३० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

विगत एक महिनादेखि अभ्यासरत ४५ खेलाडी मध्येबाट पहिलो चरणमा ३० जना खेलाडी छनौट गरिएको हो । ३० सदस्यीय प्रारम्भिक टोलीको तीन जना गोल रक्षकहरु किरण चेम्जोङ्, विकेश कुथु र रितेश थापा रहेका छन् । यस्तै, डिफेन्डरमा सागर थापा, सन्दिप राई, रोहित चन्द, विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र कार्की, रञ्जित धिमाल, अनन्त तामाङ, आदित्य चौधरी र अजित भण्डारी छन् । त्यस्तै मिडफिल्डरमा भोलानाथ सिलवाल, हेमन्त थापा मगर, राजु तामाङ, श्याम नेपाली, सुशील केसी, विश्वास श्रेष्ठ, विशाल राई र विक्रम लामा छन् । त्यसैगरी फरवार्डमा अनिल गुरुङ, जुमानु राई, भरत खवास, अन्जन विष्ट, विमल घर्तीमगर, भरत शाह र नवयुग श्रेष्ठ छन् । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी भने ध्रुव केसीलाइ दिइएको छ । नेपाली टोलीले भारतसँग आगामी आगामी भदौ १४ गते भारतको पुनेमा मैत्रीपूर्ण खेल खेल्दैछ । भारतविरुद्धको मैत्रीपूर्ण खेललाई नेपाली टोलीले आसन्न साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारीको रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका