राप्तीका सभासद् लागे दाङ राजधानी बनाउन

काठमाडौं, साउन ३० । संघीय नेपालको पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउन राप्ती अञ्चलका सत्तापक्ष र विपक्षी ३० सभासद्हरुले एकै ठाउँमा उभिने प्रतिबद्धता जनाएका छन् ।

शनिबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमाले उपाध्यक्ष तथा युवराज ज्ञवाली, एकीकृत माओवादीका महासचिव तथा सभासद् कृष्णबहादुर महरा, काँग्रेस केन्द्रिय सदस्य तथा सभासद् दीपक गिरी लगायतका राप्ती अञ्चलका ३० जना सभासद्हरुले दाङ औद्योगिक र व्यापारिक केन्द्र भएकाले राजधानी बनाउन आ–आफ्नो पार्टीभित्र पैरवी गर्ने प्रतिबद्धता जनाएका थिए ।

सभासद्हरुले राप्तीलाई कुनै हालतमा टुक्राउन नहुने भन्दै सल्यान र रुकुमलाई पनि प्रदेश नम्बर ५ मै राख्नुपर्नेमा पनि एकमत जाहेर गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ