काठमाडौं प्लाष्टिक मुक्त !

काठमाडौं साउन, २८ ÷सरकारले बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा प्लाष्टिक झोला प्रयोगमा लगाएको प्रतिबन्ध कार्यान्वयन हुन सकेको छैन् ।

घोषणा लगत्तै महाभूकम्पले काठमाडौं उपत्यकामा क्षति पुगेकाले सरकारी घोषणा कार्यान्वयन हुन नसकेको हो । प्रदुषण नियन्त्रणका लागि प्लाष्टिक झोलाको सट्टा कपडा र कागजको झोला प्रयोग गर्न सरकारले गरेको आग्रहलाई सर्वसाधारणले व्यवहारमा ल्याउन सकेका छैनन् ।

अनुगमन, नियन्त्रण र कारबाहीका लागि प्रहरी, स्थानीय निकाय र अरु सरकारी संयन्त्रको परिचालन गर्ने भनिए पनि राजधानीका तरकारी, किराना पसल लगायतका व्यापारिक क्षेत्रमा प्लाष्टिकको प्रयोग अझैं घटेको छैन् ।

काठमाडौंको हावापानी, माटो, जनस्वास्थ्य र प्राकृतिक सुन्दरतामा नकारात्मक असर पार्ने मुख्य कारक पोलिथिन भएको भन्दै प्रतिबन्ध लगाइएको भए पनि उपयुक्त वैकल्पिक व्यवस्थाको अभावमा घोषणा कार्यान्वयनमा समस्या देखिएको छ । घोषणा कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले प्लाष्टिक झोला प्रयोग नगर्न सञ्चारमाध्यम मार्फत प्रचारप्रसार, माइकिङ, टोल सुधार समितिलार्ई अभिमुखिकरण तालिम दिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’