साझा बसमा महानगरको १० करोड लगानी

१५ साउन, काठमाडौं । रात्रि बस सञ्चालनमा असफल भएपछि काठमाडौं महानगरपालिकाले दुई वर्षदेखि सेवा विस्तार गर्न नसकेको साझा बसमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । महानगरबासीलाई रातिसम्मको सेवा दिन निजी व्यवसायीले सहकार्य नगर्दा महानगरपालिका साझातर्फ आकषिर्त भएको हो ।

काठमाडौं र ललितपुर जिल्ल्ाका दुई रुटमा १६ वटा सब सञ्चालन गरिरहेको साझालाई राति अबेर र बिहानी समयमा सञ्चालन गर्नका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि उक्त रकम खर्च गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको नागरिकमा खबर छ ।

‘साझाले अहिले ठूला बस सञ्चालन गरिरहेको छ,’ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘हामीले पनि नगरबासीलाई बिहान र राति अबेरसम्म बस सञ्चालन होस भनेका थियौं, त्यही अनुसार सञ्चालन हुन्छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी