पेट्रोलियम पदार्थ र ग्याँसको मुल्य घट्यो

काठमाडौं, १७ साउन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि घटाइएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ । मूल्य घटाएपछि पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको ८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि घटाएको निगमले जनाएको छ । हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरिएको छ ।

हवाई इन्धन अन्तराष्ट्र्रि्यतर्फ प्रति किलोलिटर ७५ डलर घटाइएको छ । अब अन्तर्रा्ष्ट्रिय उडानतर्फ हवाई इन्धन प्रतिकिलोलिटर १३२५ डलरमा झरेको छ ।
निगमले पहिलो पटक खाना पकाउने ग्यासको पनि मूल्य घटाएको छ । खाना पकाउने ग्याँसको प्रतिसिलिन्डर ३५ रुपैयाँ घटाएर १४ सय ३५ रुपैयाँ कायम गरिएको निकले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना