सगरमाथा इन्स्योरेन्सको १५ प्रतिशत बोनस

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको १८ औं साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । गत बुधबार भएको उक्त साधारणसभाले बोनस सेयरको लागि लाग्ने कर प्रयोजनार्थ ०.७९ प्रतिशत खुद नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ । साधारणसभामा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले प्रस्तुत गरेको गत आवको विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीले अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले व्यवसया वृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आ.वमा ९७ करोड १७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । उक्त समयमा कम्पनीले २० करोड ३१ लाख रुपैया खुद नाफा गरेको जनाएको छ । कम्पनीले भूकम्पपछिमात्रै एक खर्ब एक करोड रुपैयाँ प्र्रिमियम संकलन गरेको जनाएकजो छ । कम्पनीको कूल लगानी एकसय २५ करोड रुपैयाँ पुगेको साधारणसभामा जानकारी दिइयो । कम्पनीले भूकम्पपछि २७ सय दावी परेकामा ६ सय तीन दावीमा १२ करोड १० लाख भुक्तानी गरेको जनाएको छ । कम्पनीले पेश्कीस्वरुप नौ करोड ६२ लाख रुपैयाँ पनि दिइसकेको जनाएको छ । कम्पनीले प्रधान कार्यालय बाहेक २५ वटा शाखा तथा उपशाखाबाट बीमा सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर बस्न्यातले जानकारी दिए । एन.सुवेदीबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी