युवाहरूको हातमा छ नेपालको समृद्धि

नयाँ नेपाल निर्माणसम्बन्धी नयाँ–नयाँ धारणाहरू छलफलमा आइरहेको वर्तमान परिप्रेक्ष्यमा संघीय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिले सरकारका तर्फबाट संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पढ्न पाउँदा म अत्यन्त हर्षित भएको थिएँ। त्यसबखत मभित्र एउटा प्रश्न उब्जिरहेको थियो, ‘त्यस्तो एकमात्र सूत्र के हुनसक्ला जसले नेपालभरिका युवाहरूलाई प्रेरणाको बाटोतर्फ डोर्याउँदै आर्थिक समृद्धि तथा शान्ति सिर्जना गरी देशलाई एकसूत्रमा बाँध्न पनि सकोस् !’

मैले धेरै देशको इतिहास र विकासका कथाहरू पढेको छु। यसबाट नेपालको सन्दर्भमा म के निष्कर्षमा पुगेको छु भने ‘निर्वाचित सरकारमार्फत ल्याइने कम्तीमा पनि दश वर्ष अवधिको दृष्टिकोणले मात्र यो मुलुकलाई शान्ति र विकासमा केन्द्रित गर्न सक्छ।’ यो किनभने म आफैँले देखेको छु, कसरी स्पष्ट दृष्टिकोणले भारतीय युवाहरूलाई आफ्नो कर्तव्यप्रति प्रोत्साहित गरिरहेको छ। यस सन्दर्भमा विश्वविद्यालयहरूले सान्दर्भिक तथा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।
स्थापनाका हिसाबले विश्वविद्यालयहरू जति नै पुराना भएपनि वास्तवमा तिनीहरू सदैव नयाँ नै रहिरहन्छन्। किनकि विश्वविद्यालयहरू हरेक क्षण युवा विद्यार्थीका भावना तथा जोशहरूसँग सामीप्यमा रहेर आफूलाई अद्यावधिक तुल्याइरहेका हुन्छन्। युवा विद्यार्थीहरूको ज्ञानको प्राप्ति, ज्ञानको पूर्ति तथा अध्ययन अनुसन्धानसँग दैनन्दिन खेलिरहने हुँदा विश्वविद्यालयले राष्ट्रिय विकासको वेगलाई तीब्रता प्रदान गरिरहेका हुन्छन्।
मूल्य प्रणालीसहितको शिक्षा
हामीलाई थाहा छ– हरेक व्यक्तिको हृदयभित्रको सत्चरित्र तथा सदाचारबाट मात्र विश्वमा शान्तिको बीउ रोपिन सक्छ। सदाचारी नागरिकहरूले नै समाजलाई विकासतर्फ डोर्याउन सक्छन्। त्यसकारण हरेक कर्णधार बालबालिकाको हृदयमा सदाचार तथा सत्चरित्र विकास गर्नका लागि शिक्षामै मूल्य प्रणाली अन्तरनिहित हुनुपर्छ। शिक्षाको मुख्य उद्देश्य नै सत्चरित्रयुक्त नागरिक तयार पार्ने हुनुपर्छ।
उमेरका हिसाबले, सिक्नका लागि सबैभन्दा उत्तम उमेर समूह पाँचदेखि सत्र वर्षसम्मको हो। यस सन्दर्भमा म एउटा ग्रीक विद्वान्ले भनेको कुरा स्मरण गराउन चाहन्छु। उनले भनेका थिए, ‘मलाई मात्र सात वर्षका लागि कुनै एउटा बालक वा बालिका दिनुस् र सात वर्षपछि उसलाई ईश्वर वा दानवको हातमा सुम्पिदिनुस्। तिनीहरू कसैले पनि त्यो बालक वा बालिकालाई परिवर्तन गर्न सक्ने छैनन्।‘ एउटा कुशल शिक्षकको शक्ति तथा प्रभाव कतिसम्म हुनसक्छ र उसले ती कलिला बालबालिकाहरूलाई कतिसम्म रुपान्तरण गर्ने सामथ्र्य राख्छ भन्ने कुराको पुष्ट्याइँ हो यो। यसर्थ बालबालिकाहरूलाई शिक्षक तथा अभिभावकहरूले नैतिक नेतृत्वका बारेमा सिकाउनु जरुरी हुन्छ। यसका लागि मानवीय चेतनाको अद्वितीय तथा सर्वव्यापी गहिरो अन्तरदृष्टि हुनु आवश्यक छ। वास्तविक शिक्षा भनेको प्रबुद्ध भावनाहरू तथा बुद्धत्व शक्तिको प्राप्ति हो। त्यही शक्तिले नै व्यक्तिलाई दैनिक घटनाक्रम ठम्याउन तथा जीवन–जगत र ब्रह्माण्डसँग जोडिएर आउने स्थायी सत्य बुझन मद्दत गर्छ।
समाजिक रुपान्तरणका  लागि आर्थिक विकास 
प्रबुद्ध नागरिक निर्माण गर्न मूल्यसहितको शिक्षा र धर्मबाट रुपान्तरित आध्यात्मिकता मात्र पर्याप्त हुँदैन। राष्ट्रको आर्थिक विकासलाई आर्थिक वृद्धिले, आर्थिक वृद्धिलाई प्रतिस्पर्धाले, प्रतिस्पर्धालाई ज्ञानशक्तिले र ज्ञानशक्तिलाई प्रविधि तथा अनुसन्धानले बल दिइरहनुपर्दछ। उता राज्यले पनि आर्थिक विकासको प्रक्रियामा सबै नागरिकहरूलाई साधन तथा स्रोतहरूको समतामूलक वितरणको सुनिश्चितता गर्नुपर्दछ। उसले भेदभावरहित ढङ्गबाट ग्रामीण तथा शहरी इलाकामा बस्ने सबै नागरिकको जीवनस्तर उकास्नका लागि प्रयत्न गरिरहनुपर्दछ। यी सबै कुराहरू व्यापक जनसहभागिताबाट मात्र सम्भव हुन्छ।
राज्यले सबै नागरिकले गुणस्तरीय जीवनयापनका लागि आवश्यक पोषणयुक्त खाना, राम्रो आवास, सफा वातावरण, उचित शिक्षा र स्वास्थ्य अनि उत्पादनशील अवसरहरू प्राप्त गर्न सक्ने कुरा सुनिश्चित गर्न सक्नुपर्छ। यी कुरालाई हाम्रो गौरवशाली सभ्यताको सम्पदाबाट सिर्जित मूल्यप्रणालीसँग पनि समायोजन गर्नु जरुरी हुन्छ। यसो गर्न सके मात्र तीन करोड नेपालीको अनुहारमा मुस्कान छर्न र देशलाई समग्र रूपमा विकासतर्फ डो¥याउन सकिनेछ।
एक्काइसौैं शताब्दीको विश्वविद्यालय दृष्टिकोण 
दश वर्षको अवधिमा मैलै भारतका करिब १५० र विश्वका ५० भन्दा बढी विद्यालयमा अध्ययन गर्ने करिब तीस लाख विद्यार्थीलाई भेटेर अन्तरक्रिया गरेको छु। त्यो अनुभवका आधारमा मैले बनाएको एक्काइसौं शताब्दीको विश्वविद्यालयको खाका यस्तो छः
  •  विश्वविद्यालयहरूले विश्वव्यापी दृष्टिकोणयुक्त र मातृभूमि वा आफूले चाहेको ठाउँलाई सेवा गर्न समर्थवान् पुस्ता तयार गर्नुपर्छ।
  • विज्ञान–प्रविधि र सार्वजनिक नीति– आपसी फाइदाका लागि पनि अन्तरसम्बन्धित विषयहरू हुन्। विश्वविद्यालय शिक्षामा यो अन्तरसम्बन्धलाई राम्ररी संयोजन गरिनुपर्छ।
  • कुशल शिक्षक विश्वको कुनै पनि कुनामा हुनसक्छन्। विश्वविद्यालयहरूले नयाँ नयाँ अनुसन्धान र खोजमूलक विषय वस्तुमार्फत् त्यस्ता शिक्षकहरूलाई आफूतिर आकर्षित गर्नसक्नु पर्दछ।
  • विश्वविद्यालयहरूबीच द्रुतगतिमा प्राविधिक सञ्जालको विकास गर्नु जरुरी छ। जसका लागि व्ययभार कम हुने नमुना कक्षाहरू प्रयोगमा ल्याउन सकिन्छ।
  • बदलिँदो समयसँग नागरिकहरूलाई अद्यावधिक राख्न मितब्ययी ढङ्गले निरन्तर शिक्षा दिइरहनु आवश्यक छ।
अहिलेको आवश्यकता भनेको असल शिक्षा प्रणाली हो। यसले मात्र विद्यार्थीहरूलाई देशको आर्थिक विकासमा योगदान दिन मद्दत गर्छ। कृषि, कारखाना तथा सेवा जस्ता महत्वपूर्ण विषयहरूमा अनुसन्धान प्रविधि तथा क्षमता प्रदर्शनले देशलाई आर्थिक विकास र समृद्धितर्पm डो¥याउँछ। के हामी विद्यार्थीमा क्षमता विकासको बीउ रोप्न सक्दैनौं ?
सिकाइको प्रवाह सँगसँगै नयाँ खोज र आविष्कारहरू हुँदै जाने हुन्। त्यसैले विद्यालय–विश्वविद्यालयहरूले विद्यार्थीमा खोज तथा अनुसन्धान, सृजनशीलता, नवीनता, उच्च प्रविधिको प्रयोग, उद्यमशीलता र नैतिक नेतृत्व जस्ता गुणहरू विकसित गर्नु जरुरी हुन्छ।
विश्वविद्यालयहरूले सम्बोधन गर्नुपर्ने प्रमुख चार कुराः
१) शिक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा दिगो विकास र नागरिकहरूका आवश्यकतालाई सम्बोधन गर्नुपर्छ।
२) शिक्षाले विविध सांस्कृतिक आवश्यकताहरू पूरा गर्न सक्नुपर्छ।
३) यसले अनुसन्धान तथा खोजका निम्ति विद्यार्थीको दिमाग तिखार्नुपर्छ।
४) प्रतिभाशाली विद्यार्थीका लागि प्रतिभा प्रस्फुटनमा योगदान दिन सक्नुपर्छ, जसले गर्दा उनीहरू आपूmले चाहेको विषय पढेर त्यसैको माध्यमद्वारा देश र  समाजको सेवा गर्न सक्षम होउन्।
अनुसन्धान तथा जिज्ञासा
एक्काइसौं शताब्दी भनेको मानव समुदायले आविष्कार गरेका सबै प्रकारका ज्ञान र सूचनाहरूको ब्यवस्थापन गर्ने शताब्दी हो, जसमा हामीले केही मूल्यहरू थप्नु जरुरी हुन्छ। हामीले विद्यार्थीहरूलाई त्यस्तो सीप दिन सक्नुपर्छ जसले उनीहरुलाई आफ्नो जीवनभर सिकिरहने ज्ञान मिलिरहोस्। आज हामीसँग प्रविधिको माध्यमबाट प्राप्त साँच्चिकै ठूलो क्षमता छ, जसले यथार्थमै  जीवनभर सिकिरहने जाँगर दिन्छ। युवाहरूमाझ यो क्षमता विकास गर्न सकियो भने यसले दीगो आर्थिक विकासलाई समेत प्रोत्साहित गर्छ।
उच्चप्रविधि प्रयोग गर्ने क्षमता
हाम्रा क्याम्पसहरुका हरेक विद्यार्थीले आफ्नो सिकाइको प्रवाहलाई बढाउनका लागि नयाँ–नयाँ प्रविधिहरूको प्रयोगबारे सिक्नु जरुरी छ। क्याम्पसहरूले पनि आपूmलाई प्रयोगशालाको साधनहरू, कम्प्युटरका नयाँ प्रविधिहरू तथा इन्टरनेट सुविधाहरूबाट पर्याप्त मात्रामा सुसज्जित बनाउनुपर्छ। ताकि विद्यार्थीहरूले ती सुविधाहरूमार्पmत आफ्नो सिकाइ क्षमतालाई अझ्ै विस्तार र विकास गर्न सकुन्। प्रविधिको उन्नयन र क्रान्तिको वर्तमान युगमा शिक्षकहरूको भूमिका कमजोर हुन्छ भनेर सोच्न पनि सकिँदैन। बास्तवमा अब शिक्षकहरूको भूमिका महत्वपूर्ण मात्र होइन, विश्वको शिक्षाप्रणाली अझ बढी शिक्षक–आधारित हुनेछ। शिक्षकको यो भूमिकाबाट संसारका कुना कुनासम्म ज्ञानको प्रचारप्रसारमा सहयोग पुग्नेछ।
अहिले विभिन्न क्षेत्रमा नयाँ नयाँ विषयवस्तु उत्पादन गर्नसक्ने पुस्ताको आवश्यकता छ र शैक्षिक क्षेत्रमा त्यसका लागि धेरै अवसर छ, जसलाई  काठमाडौं विश्वविद्यालय लगायत नेपालका अन्य संस्थाहरूमा पनि प्रयोग गर्न सकिन्छ। व्यक्तिगत रूपमा म सामग्री उत्पादन गर्ने सन्दर्भमा मल्टिमेडिया मोडको धेरै महत्व छ भन्ने विश्वास गर्छु।
उद्यमशीलता
विश्वविद्यालय प्रवेशसँगसँगै विद्यार्थीहरुलाई उद्यमशीलताप्रति अभिरुचि जगाउने वातावरण सृजना गरिनुपर्छ। हामीले हाम्रा विद्यार्थीहरूलाई ठूलो लक्ष्य हासिल गर्नका लागि निश्चित खतरा मोल्न सिकाउनै पर्छ। तर यो चाहिँ असल उद्यमको मूल्य मान्यता भित्रै रहेर सम्पन्न गर्नुपर्छ।
नैतिक नेतृत्व
नैतिक नेतृत्वमा दुई वटा महत्वपूर्ण पक्षहरू रहन्छन्। पहिलो, यसले मान्छेको बृहत्तर हितको लागि सुन्दर र शक्तिशाली सपना बुन्ने क्षमताको विकास गर्न जोड दिने। दोस्रो, नैतिक नेतृत्वसँग आफूले सही काम गर्ने र त्यसको आधारमा अरूलाई पनि त्यस्तै काम गर्न प्रेरित गराउने क्षमता हुन्छ। जिज्ञासा, प्रविधि, उद्यमशीलता, खोज र नैतिक नेतृत्व शैक्षिक परिपाटीबाट आउने पाँच क्षमता हुन्। यदि विद्यार्थीबीच यी पाँच वटा क्षमताको विकास गर्न सक्यौं भने मात्र हामी त्यस्तो ‘स्वतन्त्र–सिकारू’ मानिस बनाउन समर्थ हुनेछौं जो, स्वनिर्देशित, स्वनियन्त्रित र जीवनपर्यन्त सिक्ने हुनेछन्। ती विद्यार्थीहरूसँग मात्र राज्यलाई सम्मान गर्ने र प्रश्न गर्ने क्षमता हुनेछ। तिनीहरूले मात्र सो सङ्गठित ज्ञानको सञ्जालमा रहेर काम गर्न सक्नेछन् र नेपाललाई एउटा समृद्ध देशको रूपमा परिवर्तन गर्न सक्नेछन्। शिक्षाको सबैभन्दा महत्वपूर्ण पक्ष विद्यार्थीहरूलाई म यो गर्न सक्छु भन्ने कुराको आत्मविश्वास जगाउनु हो। परिणामतः विद्यार्थीहरूमाझ् हामी गर्न सक्छौं भन्ने भावना जागृति हुनेछ र अन्त्यमा नेपालले प्रगति गर्नेछ भन्ने राष्ट्रिय भावनाको विकास हुनेछ।
अनुसन्धान, शिक्षण र फेरि अनुसन्धान
असल शिक्षण अनुसन्धानबाट निःसृत हुन्छ। शिक्षकहरु अनुसन्धानलाई प्रिय मान्छन् र तिनीहरुको अनुभवले खारिएको अनुसन्धान कुनै पनि सँस्थाको उन्नयनकोलागि निक्कै महत्वपूर्ण हुन्छ। कुनै पनि प्राज्ञिक संस्थानहरू उसले हासिल गरेको अनुसन्धान क्षमताबाट मापन गर्न सकिन्छ। यसले विशेषज्ञता पुनः उत्पादनको चक्र तय गर्छ। अनुसन्धानका यस्ता अनुभवहरुले गुणात्मक शिक्षण तर्फ डोह¥याउँछ र त्यसले युवा विद्यार्थीहरुलाई थप अध्ययन अनुसन्धान गर्न मद्दत गर्छ। विज्ञान, गणित, इन्जिनियरिङ औषधि विज्ञान तथा शिक्षा जस्ता क्षेत्रमा क्षमताको थप विकास गर्न काठमाडौं विश्वविद्यालयले अन्तरसम्बन्धित विषयहरु तथा अन्तरसम्बन्धित अनुसन्धानमा प्रविष्ट गर्नु जरुरी छ। यसक्रममा म काठमाडौं विश्वविद्यालयलाई तीनवटा नयाँ विभागहरु स्थापना गर्न सुझाव दिन्छु। पर्वतीय अनुसन्धान, प्रविधिको अभिसारिता र पर्यटन ब्यवस्थापन तीन विभागहरु खडा गर्नु आवश्यक छ, जसले नेपालको राष्ट्रिय विकासको ध्येय हासिल गर्ने कामलाई थप मद्दत गर्नेछ।
अनुसन्धानले शिक्षालाई झन धनी बनाउँछ
मैले भारतमा, नानो प्रविधि, नेतृत्वको उत्पत्ति र ज्ञानमा आधारित समाजका बारेमा पढाईरहेको छु। ती शैक्षिक संस्थानहरू अनुसन्धान क्षमताले परिपूर्ण छन्। म व्यक्तिगत रूपमा के मा विश्वस्त छु भने अनुसन्धान उत्कृष्ट शिक्षणको लागि एक महत्वपूर्ण पक्ष हो। एक वर्षयता मैले विभिन्न देशका १९ वटा विश्वविद्यालयहरूमा पुगेर विद्यार्थी तथा अनुसन्धानकर्ताहरूसँग अन्तरक्रिया गरिसकेको छु। म गएका हरेक विश्वविद्यालयहरूमा अनुसन्धानलाई प्राथमिकताका साथ जोड दिएईको छ। उदाहरणका लागि वाटरलू विश्वविद्यालयका विद्यार्थीहरूले विकास सौर्य ऊर्जाबाट चल्ने कारहरू  विकसित गरेको देखेँ जुन कारहरू विश्वका विभिन्न देशहरूमा गुडिरहेका छन््। प्रसिद्ध ब्ल्याक बेरी कार पनि वाटरलू विश्वविद्यालयको अनुसन्धानकै उपज हो। कार्नेजी मेलन विश्वविद्यालयले रोबोटिक कारको आविष्कार ग¥यो, जुन अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आइसकेको छ।
१० बुँदे बाचा
धर्तीमाताले प्राकृतिक र मानवसिर्जित धेरै द्वन्द्वहरू झ्ेलिरहेकी छन्। त्यसकारण म तपाईंहरूका लागि केही आधारभूत कुरामा शपथ गराउन चाहन्छु। तपाईंहरू युवा हुनुहुन्छ र नै तपाईंहरूको काँधमा समाजमा रहेका सबै प्रकारका द्वन्द्वलाई साम्य पार्दै विश्वव्यापी मेलमिलापका लागि काम गर्नुपर्ने गहन जिम्मेवारी छ। त्यसैले म तपाईंहरूलाई मसँग भएको दशबुँदे बाचा गराउन गइरहेको छु।
१) मलाई थाहा छ सानो तिनो लक्ष्य लिनु अपराध हो। मसँग एक महान् लक्ष्य हुनेछ जसको प्राप्तिका लागि म कडा परिश्रम गर्नेछु।
२) म हृदयदेखि नै इमान्दार रहनेछु जसले चरित्रमा सुन्दरता ल्याउनेछ र  । त्यसले घरपरिवारमा मेलमिलाप ल्याउनेछ र अन्ततोगत्वा राष्ट्र तथा विश्वलाई शान्तितर्फ डो¥याउन मद्दत पुग्नेछ।
३) म स्वाभिमानका साथ काम गर्छु र स्वाभिमानीपूर्वक नै सफल हुन्छु।
४) म परिवार, समाज, राष्ट्र र विश्वकै एक असल सदस्य रहनेछु।
५) म जहिले पनि अरूहरूको राम्रो जीवन तथा रक्षाका लागि प्रयास गरिरहनेछु। म जहाँ भए पनि ‘म अरूलाई के दिन सक्छु’ भन्ने कुरामा घोत्लिरहनेछु।
६) म मानव जीवनको रक्षा र स्वाभिमानका लागि समर्पित रहिरहनेछु।
७) मेरा महत्वपूर्ण दिनहरू व्यर्थमा नबितुन् भनेर म जहिले पनि सचेत रहिरहनेछु।
८) म सदैव हरित ऊर्जा तथा हराभरा पृथ्वीका खातिर आफूलाई समर्पण गरिरहनेछु।
९) नेपालको एक जिम्मेवार युवा भएको नाताले मैले साहसका साथ मेरो जीवनका सफलता हात पार्न र अरूको सफलतामाथि पनि गर्व गरिरहनेछु।
१०) मेरो राष्ट्रिय झ्ण्डा मेरो मुटुमा फर्फराइरहनेछ अनि मेरो प्यारो मातृभूमि नेपाललाई मैले गौरवान्वित बनाउनेछु।
(भारतका पूर्व राष्ट्रपति कलामले गत २०६५ साल मङ्सीरको ३ गते काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह  र बालबालिकाहरुको दुई छुट्टाछुट्टै कार्यक्रममा अङ्ग्रजीमा गरेको अभिभाषणको महत्वपूर्ण अंश।)
भावानुवादः पुष्प पौडेल
साभारः शिक्षक मासिक पुस २०६५

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

गण्डकीमा सरकार चलाउन साना दल रिझाउने प्रयास -प्रदेशसभाका साना दलले समेत ठुला दलसरह सेवा सुविधा पाउने

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

नारायणगढ–बुटवल सडक : सवारी गुडाउनै सकस, घाम लाग्दा धुलो, पानी पर्दा हिलो

काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन

जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग