युथ फर ब्लडको पहिलो निर्बाचित कार्यसमिति गठन

साउन १६, विगत पाँच वर्षदेखि रगत व्यवस्थापन गरेर जीवन जोगाउने अभियानमा लागिपरेको सामाजिक संस्था युथ फर ब्लडले यहि साउन १६ गते काठमाण्डौ युथ फर ब्लडको कार्यालयमा पहिलोपटक देशभरका सवै शाखाहरुबाट निर्वाचित ११ सदस्यिय केन्द्रिय कार्यसमिति गठन गरेको छ ।

झापा, मोरङ, सुनसरी, काठमाण्डौ र चितवनका विभिन्न बाह्रवटा सहरहरुमा काम गरिरहेको संस्थाले संस्थापक सरोज कार्कीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा सन्तोष बस्नेत, महासचिव सुबुना बस्नेत, सचिव सुरज सुवेदी, कोषध्यक्ष सिजन दाहाल र सदस्यहरुमा विष्णु धमला, सन्तोष अधिकारी (हरि), निशा गौतम, हरि रेग्मी, सुस्मिता राजवंशी, ज्वाला दाहाल चुनिएका छन् । नयाँ कार्यसमितिका अध्यक्षलाई पद तथा गोपनियताको सपथ गराउँदै निवर्तमान अध्यक्ष सबिन दाहालले पद हस्तान्तरण गरेका थिए ।
अबका दिनमा नेपाललाई रगत अभावमुक्त बनाउने उद्देश्य पुरा गर्न यस सम्मेलनले थप सहज र हौषला प्रदान गरेको नवनिर्वाचित अध्यक्ष सरोज कार्कीले बताएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा