बिशेष समितिले मस्यौदामा आएको सुझाव आज टुंग्याउने

संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले आज शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने भएको छ ।

संवैधानिक–राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई संयोजक रहेको विशेष समितिको शुक्रबार साँझ सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

विशेष समितिअन्तर्गतको कार्यदलले शुक्रबार साँझ पेस गरेको प्रतिवेदनका सुझावलाई वर्गीकरण गरी उच्च तहबाटै टुङ्गो लगाउनुपर्ने भएकाले विशेष समिति र संवैधानिक–राजनीतिक संवाद समितिको पूर्ण बैठकले ती विषय निरुपण गर्ने जानकारी संयोजक भट्टराईले दिए ।

उनले विशेष समितिलाई चारदिनको समय दिइएकाले विवादित विषयमा समझदारी गर्ने प्रयास अन्तिम समयसम्म पनि गरिने बताए ।

जनताबाट प्राप्त थुप्रै सुझावलाई वर्गीकरण गरेर मस्यौदाका विभिन्न खण्डमा समावेश गर्न बनेको कार्यदलले विशेष समितिसमक्ष सुझावसहितको प्रतिवेदन शुक्रबार नै पेस गरेको थियो । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको संयोजकत्वमा उक्त कार्यदल गठन भएको थियो ।

कार्यदलले पेस गरेको प्रतिवेदनमा पुनः छलफल गर्न भोलि बिहान विशेष समिति बैठक बस्ने र उक्त समितिको सुझावलाई अन्तिम रुप दिन सम्वाद समितिको पूर्ण बैठक पनि भोलि अपराह्न हुने उनले बताए ।

विशेष समितिको शुक्रबारको बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सोही दलका उपाध्यक्ष विद्या भण्डारी, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार रहेका थिए। रासस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी