व्यवसायिक गाँजा कारोबारी पक्राउ

लहान–लहान–११ बाट लहान प्रहरीले एकजना व्यवसायिक गाँजा कारोबारीलाई पक्राउ गरेको छ। भारतीय व्यपारीलाई गाँजाको नमुना देखाउन आएको बेला गोलबजार २ का जगदीस साह(४५)लाई ११ किलो गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
उदयपुरलगायत विभिन्न जिल्लाबाट गाँजा ल्याइ भारतीय व्यपारीलाई बेच्ने साह शनिबार गाँजाको नमुना लिएर भारतीय व्यपारीसंग डिल गर्न आएको सूचना पाएर लहानबाट गएको प्रहरीले साहलाई पक्राउ गरेको चतुर्वेदीले बताए।साहसंग गरिएको सोधपुछको क्रममा उनले पाँच वर्षदेखि आफूँ यो धन्दामा संलग्न रहेको स्विकारेको चतुर्वेदीले बताए। उदपुरबाट गाँजाको नमुना ल्याएर भारतीय गाँजा व्यपारीलाई देखाएपछि उनीसंग अर्डर लिने र अर्डर अनुसारको गाँजा चोरीबाटो भारत तस्करी गर्ने साहसंग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उदयपुरको गाँजा सिरहाको नाका हुँदै भारत तस्करीमा संलग्न गिरोह खुलाउन साहसंग शुक्ष्म अनुसन्धान भैरहेको चतुर्वेदीले बताए।दुई सातामा लहान प्रहरीले १०१ किलो लागुऔषध गाँजा सहित चारजनालाई पक्राउ गरेको चतुर्वेदीले जानकारी दिए। १० दिन अगाडि विष्णुपुरकट्टीबाट लहान प्रहरीले ८८ किलो गाँजासहित दुईजनालाई मेड इन अमेरिका लेखिएको एक थान स्वचालित पेस्तोल, ६ थान गोली र एक थान म्यागजिन बरामद गरिएको लहान प्रहरीले जनाएको छ।चालु आर्थिक वर्षमा लहान प्रहरीले ४ सय ३८ किलो लागुऔषध गाँजा बरामद गरेको तथ्यांक छ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा