रोपाइँ महोत्सवको तयारी तीव्र

पोखरा–१३ काहुँ खोलास्थित कमलपोखरी बुढुवाको फाँटमा गरिने ११ औं रोपाइँ महोत्सवको तयारी तीव्र पारिएको गरिएको आयोजक पोखरा पर्यटन परिषद्ले जनाएको छ । महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाउने आयोजकको विश्वास छ ।

काहुँ खोला रोपाइँ महोत्सव स्थानीय समितिका संयोजक रामु गौतमका अनुसार स्थानीय लोकबहादुर कार्कीको खेतमा “हिलोमा एकपटक टेक्नुपर्छ है” र “पोखरा सबै मौसमका लागि उपयुक्त” भन्ने नारासहित आयोजना हुने महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धनमा सघाउने गौतमले बताउन्भयो ।
महोत्सवमा विभिन्न महिला तथा आमा समूहले प्रतिस्पर्धात्मक रुपमा हिलो खेल्दै धान रोप्ने र विदेशी पर्यटकले पनि खेतालाको भूमिकामा काम गर्नेछन् । महोत्सवमा साउने प्रतियोगिता, असारे गित सँगै रोपाइँ माछा समाउने, रस्साकस्सी, हिलो दौड पनि गराइने संयोजक गौतमले जानकारी दिनुभयो । पोखरा र आसपास क्षेत्रमा हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आएको महोत्सवले खेतीयोग्य जमिनलाई संरक्षण गर्ने तथा जनचेतना फैलाउने परिषद्का महासचिव चिरञ्जीवी पोखरेलले बताउनुभयो । अघिल्लो वर्ष यो महोत्सव लेखनाथ नगरपालिकाको बेगनास किनारमा आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा