जिउमा लगाउने स्मार्ट ग्याजेटको बन्दै

अझै स्मार्ट, चिप्सवाला फेसनका पारखीहरुका लागि वर्ष सन् २०१५ साँच्चीकै दर्शनीय वर्ष बन्नेवाला छ ।
एन्ड्रोइड वेयर, एप्पल वेयर, गो क्वी लाइफ, सोनीको पाखुरे ब्याण्ड जस्ता ग्याजेटहरु हाम्रो २४ घण्टे स्थायी सहयोगी बन्दैछन् ।
सूचना प्रविधि सम्बन्धि अमेरिकी अनुसन्धान कम्पनी गार्टनरका शोध निर्देशक कमलेश भाटिया इकोनोमिक टाइम्ससँग भन्छन्, ‘पहिरिने सामानहरुको अबलम्बन सन् २०१४ मा स्थापित भयो भने सन् २०१५ मा सेफ्टी र सेक्युरिटी सम्बन्धि एप्लिकेसनहरुले बर्चश्व जमाउनेछन्।’
उनका अनुसार मानिसहरुले यस्ता डिभाइसको प्रयोग गरिरहेका छन् जो आफ्नो स्वास्थ्यको निरन्तर रुपमा अनुगमन गर्ने स्वास्थ्य सम्ब्द्ध एपहरु भएको स्मार्टफोनसँग आबद्ध हुन्छ ।
अर्को रिसर्च र्फम फरेस्टर रिसर्चको दाबी छ की वर्ष सन् २०१५ वेयरेवल्स अर्थात् पहिरिने चिजको वर्ष हुनेछ । हरेक समयको डाटा संकलन गर्न सक्नु यस्ता वेयरेवल्सको नयाँ खुबी रहेको र त्यो सस्तो मूल्यमा उपलब्ध दूर अनुगमन सेवा जस्तो रहेको फरेस्टरका विश्लेषक जुली आस्क बताउँछन् ।
स्मार्ट वाचले उपभोक्ताको ध्यान तानिसकेको छ, जसमा सामसुङ, एलजी, एप्पल, सोनी जस्ता ब्रान्ड प्रतिस्पर्धामा उत्रिएका छन् ।

सिलिकन भ्यालीका व्यवसायी तथा लगानीकर्ता विनोद खोस्लाका अनुसार भविष्यमा डाक्टरले गर्नेमध्ये ८० प्रतिशत काम मेसिनले प्रतिस्थापन गरिदिनेछन् । सामसुङको ग्यालेक्सी एस फाइभमा रहेको मुटुको अनुगमन गर्ने हार्ट मनिटर एप, सोनीको एक्सपेरिया जेडको लाइफ लगिङ एपलाई आफ्नो स्वास्थ्यप्रति सचेत प्रयोगकर्ताहरुले निकै रुचाएको पाइएको छ ।
भारतको बैंगलोरको एक टेक कम्पनीले यस्तो सेन्सर बनाउँदैछ जसलाई प्रयोगकर्ताको मोबाइलमा राखेपछि त्यसले मानिसको सम्पूर्ण स्वास्थ्यअवस्थाको जानकारी गराउँछ ।
अमेरिकामा केही विमा कम्पनीहरुले आफ्ना ग्राहकहरुका लागि उनीहरुको स्वास्थ्यको नियमित अनुगमन गर्ने स्मार्ट वेयरेवल्सको प्रयोगलाई प्रोत्साहन गरिरहेका छन् र त्यस्ता डिभाइस प्रयोग गर्ने ग्राहकका लागि विशेष सहुलियत समेत दिने गरेका छन् ।
गुगल, एप्पलजस्ता कम्पनी पनि स्मार्ट जुत्ता उत्पादनमा लागेका छन ।

उपभोक्ताहरुमा स्मार्ट वयेर डिभाइस किन्ने दर बढेको छ । अनलाइन सपिङ साइड फि्लपकार्टमा मार्टियन वाच, मोटो ३६० स्मार्टवाच तथा ग्रामिन विवोफिट फिटनेस ब्याण्ड निकै लोकपि्रय बनेका छन् । त्यस्तो अर्को अनलाइन सपिङ साइट अमेजन डट इनमा गु क्यू लाइफ सबैभन्दा बढि किनिएको साधन बनेको छ ।
यस्ता वेयरेवल्सहरु मानिससँग हुनैपर्ने साधन बन्दैगर्दा केही चुनौति भने बढिरहेका छन्, खासगरि गोपनियता र सुरक्षा सम्बन्धमा ।
गुगल ग्लासलाई कुनै छलफलको रेकर्ड गर्ने तथा संवेदनशील डाटाको तस्वीर लिनका लागि कसरी प्रयोग गर्नुपर्छ भन्ने कुराको विषयमा प्रश्न उठाइएको छ ।
गएको अक्टोबरमा अमेरिकाको मोसन पिक्चर एसोसिएसनले थिएटरहरुमा गुगल ग्यास तथा अन्य वेयरेवल डिभाइसहरुको प्रयोगमा रोक लगाएको थियो । अमेरिकाका केही रेष्टुरेन्टमा गोपनियताको कारण देखाउँदै गुगल ग्लासलाई प्रतिबन्धित गरिएको छ ।
यो प्रवृत्तिले पहिरिने स्मार्ट ग्याजेटका लागि सन् २०१५ वृद्धिमुखि भएपनि चुनौतिपूर्ण रहेको औल्याएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका