माघ ३ र ५ गतेको नेपाल बन्द फिर्ता

एमाओवादीको मोर्चा र नेकपा–माओवादीको संयुक्त नेपाल बन्द छ गते

काठमाडौं, ३० पुस । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादीले आब्हान गरेको दुई वटै नेपाल बन्द फिर्ता भएको छ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले माघ ५ गते र नेकपा–माओवादीले माघ ३ गतेका लागि तय गरेको नेपाल बन्द फिर्ता लिएका हुन ।
एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पदमरत्न तुलाधर वीच आज (बुधवार) भएको संयुक्त बैठकले दुबै दिनको नेपाल बन्द फिर्ता लिएर माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द गर्ने निर्णय गरेको हो ।
प्रचण्डका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुडामणि खडकाले माघ ३ र ५ गतेका लागि घोषित नेपाल बन्द फिर्ता लिएर माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

विप्लव पक्षद्वारा नुवाकोट कार्यालय कव्जा

नुवाकोट, २८ मंसिर । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी विभाजित भएपछि नेत्रविक्रम चन्द पक्षले नुवाकोटको पार्टी कार्यालय कव्जा गरेकोे छ ।…

कमरेड विप्लव, एकीकृत क्रान्ति र हाम्रा अपेक्षाहरु

बहुदलिय व्यवस्थाको स्थापना संगसंगै सर्बत्र भइरहेका राजनीतिक गतिविधिकै सिलसिलामा आजभन्दा २ दशक पहिले भर्खर एसएलसी उत्तीर्ण गरेका ३०/३५ जना भर्खरका…

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना